ग्रिनसिटि हस्पिटलको मुख्य संयोजनमा चक्रपथ सफाइ अभियान तेस्रो हप्तामै १००० भन्दा बढीको सहभागीता (हेर्नुस तस्बिर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार २०:१४

कठमाडौ,१६ वैशाख  । चक्रपथ सफाइ अभियान प्रारंभ भएको तेस्रो हप्ता आज शनिबार दुई घण्टा भएको चक्रपथ सफाइ अभियानबाट २५ टन फोहर उठेको छ ।
बसुन्धरा बिपी स्मुति अस्पतालबाट प्रारंभ भएको फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखा नगरपालिका , नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह होटल ब्यबसायी संघ , पत्रकार कलाकार लगायतको बृहत उपस्थिति रहेको थियो ।
चक्रपथमा बढदै गएको फोहरलाई ध्यानमा राखी चmक्रपथ सफाई अभियानलाई तीन हप्ता देखि निरन्तरता दिइएको छ भने शनिबार आज एकै दिन दुईघण्टामा नै यति धेरै फोहर संकलन भएको छ कि त्यो निकै उत्साहजनक रहेको छ । चक्रपथ सफाइ अभियानका सयोजक एवं गिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले भनेका छन –चक्रपथ सफाई अभियान निकै प्रभाबकारी भएको छ र बिभिन्न क्षेत्रका प्रतिष्ठित नागरिकहरुको सहभागिताले संयोजन गर्न पनि थप उत्साह बढेको छ ।
चक्रपथ सफाई अभियानताहरुले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्न र आफनो वरपर पनि सफा गर्नका लागि बिशेष भुमिका खेल्न्ुपर्ने कुरामा जोड दिएका छन । कार्यक्रममा जिल्ला न्यायाधीश उमेश कोइरालाले चक्रपथ सफाई अभियानले सडक पनि आफै सफा गर्नुपर्छ भन्ने सन्देश दिन खाजेको आफुले अनुभुत गरेको बताएका छन । उनले सफाई अभियानमा सबै नागरिक सहभागी हुन पनि आह्वान गरेका छन ।
सफाई अभियानले स्थानीय नागरिकलाई घरघरबाटै सफाइ अभियान थाल्न प्रेरित गर्ने र सो अनुसार सबै समक्ष सन्देश पुरयाउने लक्ष्य राखेको र सोही अनुसार सहभागिता पनि बढदै गएको भन्दै बरिष्ठ पत्रकार टंक पन्तले परिबर्तनको प्रारंभ आफैबाट गर्न पनि आग्रह गरेका छन ।
बागमति सफाई अभियानता केशब पुडासैनी , राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुगानाले सफाई अभियानमा आ – आपनो क्षेत्रबाट सबैको प्रभाबकारी सहभागिताको खाचो रहेको औल्याएका छन ।
चत्रपथ सफाइ अभियानमा निरन्तर क्रियाशील लोकप्रिय कलाकार तिलक बस्नेत , बैकुण्ठ महतले रोचक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
अभियानताहरुले सडकको छेउमा छड सिमेण्ट, काठ मुडा , बालुवा, गिटी, टहरा लगायतका समान नराख्न र अरुलाई पनि नराख्न आग्रह समेत गरेका छन । पहिलो दिन ग्रिनसिटी अस्पतालबाट प्रारंभ भएको चmत्रपथ सफाइ अभियान बसुन्धरा दियालो फुड ल्याण्ड सम्म पुगेको छ अर्को हप्ता सोही ठाउंबाट बिहान ७ बजेबाट प्रारंभ हुने छ र प्रत्येक हप्ताको शनिबार दुइ घण्टा चक्रपथ सफाई हुने छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१