सर्लाहिमा ३५ जना बिजुली चोर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार १५:२३
सरोज यादव / सर्लाही ,१६ वैशाख ।  सर्लाहीको बरहथवा नगरपालिकाबाट हुकिङ्ग मार्फत बिजुली चोरी गरी विधुतिय उपकरणहरु चलाउने ३५जना स्थानीय व्यक्तिहरुलाई नेपाल विधुत प्राधिकरण वितरण केन्द्र बरहथवाका कर्मचारीहरुले पक्राउ गरि जरिवाना तिराएको छ ।
पक्राउ परेका ३५ जना बिजुली चोरहरुबाट विधुत चोरी नियन्त्रणमा खटिएका बरहथवा वितरण केन्द्रका कर्मचारीहरुले जरिवाना वापत एक लाख सताइस हजार नगद रुपैया तिराएर छाडेको प्राधिकरण ले जानकारी दिएको छ । अहिले जिल्ला भरीका विधुत
प्राधिकरणका वितरण केन्द्रहरुबाट  विधुत चोरी नियन्त्रण लागि कर्मचारी हरु सकृयता का साथ खटाइएको वितरण केन्द्र मलंगवाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१