संसारभरीका यस्ता १० विचित्र खेलबारे थाहा पाउँदा दंग हुनुहुनेछ ….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार १७:२४

टेनिस, बास्केटबल, बेसबल, रग्बी र क्रिकेटबारे धेरैपटक हेर्नुभएको, खेल्नुभएको र सुन्नुभएको होला । यी मूलधारका खेलकूदले धेरैलाई आकर्षित गरेको छ । तर बललाई हान्नेबाहेक यो संसारमा अरु थुप्रै खेलहरु पनि छन् जुन निकै अचम्म लाग्दा छन् । यस्ता खेलबारे धेरैलाई थाहा पनि छैन होला । यसबारे आज हामी तपाईंलाई जानकारी दिँदैछौं ।

१. श्रीमतीलाई बोक्ने प्रतिस्पर्धाः
फिनल्याण्डमा प्रत्येक वर्ष आयोजना गरिने यो प्रतिस्पर्धा जुलाई महिनाको पहिलो हप्तामा मनाइन्छ । यो खेलमा श्रीमानले श्रीमतीलाई काँध वा पिठ्युँमा बोकेर करिब २५३.५ मिटर दौडनुपर्छ । यो दौडमा श्रीमानले आफ्नी श्रीमतीलाई बोक्दै विभिन्न सतह पार गर्दै सुख्खा र पानीयुक्त अवरोधमाथि जीत पाउनुपर्छ । यसबापत् बिजेताले मोबाइल फोन उपहारस्वरुप पाउँछन् भने श्रीमानले श्रीमतीको तौल बराबरको बियर पाउँछन् ।

२. कपडा नलगाइ खेलिने खेलः
कपडा नलगाई खेलिने खेलप्रति मानिसहरु निकै आकर्षित छन् । खेल खेल्नका लागि लुगा उतार्नुपर्ने र यस्तो खेल हेर्नु पक्कै पनि अचम्मको खेल हो । खेलाडीले खेल खेल्नुपूर्व लुगा लगाउनु अनिवार्य छ ।

तर, अपवाद स्वरुप संसारमा यस्ता खेल पनि छन् जो लुगा नलगाई खेलिन्छ । तीमध्ये ‘वल्र्ड नेकेड बाइक राइड’ पनि एक हो जहाँ खेलाडीले लुगा नलगाइ नै भाग लिन्छन् ।

३. बेड रेसिङः
यो खेल उत्तर योर्कसायरका मानिसहरुबिच चर्चित छ । सन् १९६५ मा पहिलो पटक आयोजना गरिएको यो खेलका सुरुवाती दिनमा आर्मी, नेवी र अमेरिकी मरिनसँग संलग्न मानिसहरुमात्र भाग लिन पाउँथे । तर यो खेल अहिले सबैको लागि खुल्ला गरिएको छ ।

उक्त खेलमा खेलाडीको संख्या कूल ६ जनाको रहनेछ । एकजना खेलाडी बेडमा हुन्छन् भने अर्का पाँचजनाले उक्त बेडलाई ३ किलोमिटरसम्म दौडाउँछ । खेल खेल्नका लागि समूहले आफैं बेड ल्याउनुपर्ने हुन्छ र हरेक वर्षको थिम अनुसार सजाउनुपर्ने हुन्छ । उक्त बेडमा चारवटा पाङ्ग्रा हुनुपर्छ तर बेडमा तैरन सक्ने क्षमतासमेत हुनुपर्छ ।

४. सबैभन्दा नराम्रो अनुहार बनाउने प्रतिस्पर्धाः
यो एउटा यस्तो प्रतिस्पर्धा हो जहाँ सबैभन्दा नराम्रो अनुहारले जित्छ । यो खेल सन् १२९७ मा बेलायतको एग्रेमोन्ट क्र्याब फेयरमा सुरु भएको थियो । यहाँ मानिसहरु निकै अचम्मको अनुहार बनाएर जित्ने प्रयास गर्छन् ।

५. ओयल रेस्लिङः
हुन त यो खेल आजकाल धेरैजसो देशमा खेलिन्छ तर यो खेल सबैभन्दा पहिले टर्कीमा खेलिएको थियो । यो खेल हरेक वर्ष जून महिनामा आयोजित हुने गर्छ ।

सन् १३५७ मा रेस्लिङको यो खेल ओटोम्यानले जितेको खुसीयालीमा खेलिएको थियो । यो खेल खेल्नका लागि पहलमानको शरिरभरी ओलिभ ओइल लगाइन्छ र सबैजनाले एकअर्कालाई पछार्ने तरिका अपनाएका हुन्छन् । आजकाल ओयल रेस्लिङ फेस्टिबल ग्रीसको केही भागमा पनि आयोजित गरिन्छ । पछिल्लो केही समयदेखि यो खेल नेदरल्याण्ड र जापानमा पनि चर्चित भएको छ ।

६. बोसाबलः

निकै अचम्मको बोसाबल खेलको कन्सेप्ट स्पेनका फिलिप इक्मान्सले सन् २००४ मा तयार गरेका हुन् । यो भलिबलजस्तै हुन्छ तर यसमा फुटबल, जिम्न्यास्टिक र क्यापोइरा (ब्राजिलियन मार्सल आर्ट)का तत्वहरु पनि छन् । दुई समूहबीच विशेष प्रकारले डिजाइन गरेको यो खेलका लागि विशेष कोर्ट तयार गरिएको हुन्छ । समूहमा तीनदेखि पाँच सदस्य हुन्छन् ।

७. एक्ट्रिम आयरनिंग
यो खेल परफर्मेन्सको आर्टमा आधारित छ । यसमा निकै अप्ठेरो ठाउँमा गएर कपडालाई आइरन गर्नुपर्ने हुन्छ । यो खेलमा हिस्सा लिने व्यक्तिले आफूसँगै आइरन, बोर्ड र केही कपडा ल्याएका हुन्छन् ।

कोही मानिसहरुले यो खेल पानीमा, पहाडमा झण्डिएर र ड्राइभिङ गर्दागर्दै खेलेका छन् । यो खेलको वेबसाइटका अनुसार, ‘यो अहिलेको संसारको सबैभन्दा खतरनाक स्पोर्ट हो जसमा निकै साहस चाहिन्छ ।’

८. चेस बक्सिङः

यतिबेला निकै चर्चित भइरहेको चेस बक्सिङ खेलमा चेस र बक्सिङ एक एक गरी खेलिन्छ । यो खेललाई फ्रेन्च आर्टिस्ट र फिल्ममेकर एनकी बिलालले सन् १९९२ मा आफ्नो कमिक बुकका लागि खोजेका थिए ।

यो खेलको पहिलो रियल म्याच सन् २००३ मा एक डच आर्टिस्टले गरेका थिए । यसमा चार मिनेटको चेस र दुई मिनेटको बक्सिङ राउण्ड हुन्छ । खेल थुप्रै पटक ११ राउण्डसम्म चल्छ । म्याचको रिजल्ट चेकमेट (चेज) वा नकआउट (बक्सिङ)मार्फत हुन्छ ।

९. साइकल बलः

यो खेलमा दुई समूह हुन्छन् र हरेक समूहमा दुईजना खेलाडी । खेलाडीले साइकलले नै बललाई चलाउनुपर्ने हुन्छ । खेलाडीले कोर्टमा खुट्टा राख्न सक्दैनन् ।

यदि खेलाडीले भूलवश जमिनमा खुट्टा टेक्छन् भने अर्को समूहले पेनाल्टी किक पाउँछ । यो खेल बाइसाइकलिंग, फुटबल, हकी र बेसबलको सम्मिश्रण हो ।

१०. लट्ठी खसाल्ने खेलः
बेलायतमा सन् १९८४ देखि खेलिँदै आएको यो खेल हरेक वर्ष थेम्स रिवर नजिकै रहेको डेज लक पोइन्टमा खेलिन्छ। यसमा खेलाडीले एउटा सानो लट्ठी पानीमा फ्याक्नुपर्छ ।

जसको लट्ठी सबैभन्दा पहिले पानीमा खस्यो, त्यही व्यक्ति विजयी हुन्छन् । यो खेल कुनै पनि नदीको माथिल्लो भाग वा पुलमा बसेर खेल्न सकिन्छ ।साभार रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१