कस्तो आश्चर्य ! गर्भावस्थाकै बेला फेरि गर्भवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार १७:१२

एजेन्सी ।  मानवजातिको इतिहासमा यस्ता घटना विरलै भएका छन्, कि कुनै महिला गर्भवस्थामा फेरि गर्भवती होउन् । तर वैज्ञानिकहरुका अनुसार १०० वर्षको अवधिमा यो छैटौं घटना हो ।

पछिल्लो समय एक बेलायती महिला गर्भवस्थामै रहेका बेला फेरि गर्भवती भएकी छन् । उनका अनुसार उनको गर्भमा जुम्ल्याहा बच्चा थिए । तर केही समयपछि उनी फेरि गर्भवती भइन् । र उनले एकै पटक ३ बच्चालाई जन्म दिइन् ।

जब कोही महिला गर्भवती भएको दुई हप्ता या एक महिनाभित्र फेरि गर्भवती हुन्छन् यसलाई विज्ञानको भाषामा ‘सुपरफोएटेशन’ भनिन्छ ।

प्रोफेसर साइमन फेशेल प्रजनन मामिलाका जानकार हुन् । उनी भन्छन्, आमरुपपा यस्तो हुँदैन । तर यस्तो भएको छ, यो आश्चर्यलाग्दो पहिलो घटना सन् १८६५ मा प्रकाशमा आएको थियो ।’

उनका अनुसार यसको नतिजा भने सँधै सकारात्मक आएको छैन । प्रोफेसर साइमन भन्छन्, ‘यस्तो मामिला भएको छ, जब भ्रुण गर्भमै मरेको वा समयभन्दा अघि नै अपरेशन गरेर बच्चा निकाल्नु परेको छ ।’

मानव इतिहासमा यस्ता चमत्कारिक घटनाहरु कहिले काँही हुने गर्छन् । प्रोफेसर फिशेल भन्छन्, ‘केही समय पहिले रोममा एक यस्तो मामिल आएको थियो, जब तीनदेखि चार महिनाको अन्तरालमा एक महिला गर्भावस्थामै फेरि गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१