गर्मीमा शरिरलाई स्वस्थ राख्न यि कुराहरु खानुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार १४:२१

गर्मी महिना शुरु भएको छ। गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ ।

पानी
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन।

गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ।

मकै
गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

गोल्भेडा
त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ। गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला।

गाजर
त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो । तर ख्याल गर्नुहोस् , गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला ।

खरबुजा
खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो
काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

कतिपयले गर्मीमा दही खान सल्लाह दिने गरेका छन् तर पछिल्लो समयमा अत्यधिक हर्मोन दिएर गाईभैँसीबाट दुध निकाल्ने गरिएका कारण त्यसबाट बनेको दही खानु स्वास्थ्यका लागि उचित छैन। यसर्थ, यस्तोमा बजारमा सहजै उपलव्ध कागती र शखरको सर्वत सबैभन्दा हितकारी हुन्छ। ख्याल रहोस् , वनस्पतीजन्य फलफुल र तरकारीहरुमा रहेका विषादी पानीमा डुबाउँदा या घाममा राख्दा त्यसै उडेर जाने हुन्छ तर जटिल कोष भएका गाइवस्तु, भेडाबाख्राहरुका शरिरमा पसेका विसादी र औषधीहरु भने तिनको माशु, दही दुधसँगै घोलिएर रहने गर्दछ।

गर्मि महिनामा धेरै तरल पदार्थ खानु आवश्यक रहेकाले सबै खालका जुसहरु खानु अत्यन्त स्वस्थ्यकर हुन्छ। फलफुल धेरै मात्रामा खाँदा पनि असर नगर्ने भएकाले गर्मी महिना धेरै रंगयुक्त फलफुल र हरिया सागसब्जी खान सल्लाह दिइन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१