म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार १३:५८

बेनी / वैशाख । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला  परेका छ  । बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारमा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएकोछ ।

यो तातोपानीकुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जनविश्वास छ । त्यही विश्वासका कारण वार्षिक २० हजारको हाराहारीमा त्यस्ता बिरामी डुबेर स्नान गर्न यहाँ आउने गर्छन् ।

त्यसैगरी मुदीको बगर, दरवाङको भालेबास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१