धनी बन्ने केही उपाय जानी राखौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार ०६:५१

दुनियाँमा सबै मानिस धनी बन्न चाहन्छन्, तर यसका लागि केही उपाय अपनाउनुपर्छ । धनी बन्न पहिलो सर्त हो, परश्रमी चरित्र र इमानदार व्यवहार । यसले मानिसलाई आत्मविश्वासी बनाउँछ । दोस्रोमा पर्छ, आम्दानीभन्दा खर्च कम हुनुपर्छ ।
मानौँ तपाईंको आम्दानी मासिक २५ हजार रुपैयाँ छ भने त्यसको ६० प्रतिशतभन्दा बढी खर्च नगर्नुहोला । मासिक १० हजार रुपैयाँलाई ४० प्रतिशतले बढाउँदै लैजाने प्रयत्न गर्ने हो भने धनी बन्न सकिन्छ । कुनै महिना पुँजी वृद्धि गर्न सकिएन भने पनि निराश नभईकन कुनै अर्को महिनामा थप्ने गर्नुपर्छ । यसका लागि दिनको १८(१९ घन्टा खट्न पनि पछि पर्न भने हुँदैन ।

तर, धनी बन्न यति आम्दानीले पक्कै नपुग्ला । यसका लागि बचत गरेको पैसालाई पनि थप आम्दानी हुने क्षेत्रमा लगानी गर्नुहोस् । यसले तपाईंको हैसियत बिस्तारै बढाउँदै लैजान्छ ।

यसले मानिसलाई थप ‘कम्पिटिटर’ बनाउँछ । यसपछि पैसा हुने वर्गले पत्याउन थाल्छन् र ऋण तथा सापटी दिन्छन् । यस्तो पैसा पनि आम्दानी हुने क्षेत्रमा विस्तार गर्दै लैजानुहोस् । यस्तो चक्र ७ देखि १० वर्षसम्म चल्दा मानिस आर्थिक रूपमा राम्रै हैसियतमा पुग्छन् ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१