स्लिम बन्न डाइटिसियनका ७ सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७४, सोमबार ०९:०३

नमी पोखरेल, डाईटिसियन। युवतीहरुले आफनो शरीर कस्तो होस् भन्ने बिषयमा चल्ने कुराकानीमा उत्तर दिँदै भन्छन्,–जिरो फिगर । हो, नेपाली समाजमा आएको परिवर्तनसँगै फेसन डिजाइनको ज्ञानले गर्दा पनि युवतीहरु स्लिम बन्न र देखिन लालायित भएको पाइन्छ ।
स्लिम बन्ने चलन यसरी व्यापक हुनुमा कतै न कतै फिल्मी दुनियाँ वा अन्य वस्तुको प्रभाव पनि परेको हुन्छ । भर्खरका युवतीलाई स्लिम बन्ने फेसनले छपक्कै गाँजेको हुन्छ । नहोस् पनि किन र आखिर यो उमेर समूहका सबैजसो युवाहरु स्लिम, दुब्ली पातली, कम्मर छिनेकी केटीप्रति आकर्षित हुन्छन् । त्यसो त स्वास्थ्यका लागिसमेत मोटो शरीर राम्रो मानिदैन । त्यसमाथि नियमित काम गर्न पनि मोटो मान्छे दुब्लो,पातलोजस्तो छरितो नहुने, अरुले देख्दा पनि ज्यान नमिलेको भद्दाजस्तो देखिने हुन्छ । यिनै कारणले भर्खरको उमेरका युवतीहरु मात्र नभएर उमेर खाएकाहरु पनि शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । स्लिम बन्नका लागि डाइटिङ अर्थात् कम खाने चलन बढ्दो छ । युवतीहरु स्लिम बन्ने होडमा पानी मात्र पिएर डाइटिङ गर्ने गर्दछन् । यसो गर्नु स्वास्थ्यको लागि हानीकारक हुन्छ । हामीले बिर्सेर पनि तौल घटाउने बहानामा भोकभोकै बसेर स्वास्थ्यलाई चुनौती दिने काम गर्नु हुदैन ।

मानव शरीरलाई दैनिक कार्बोहाइड्रटल फ्याट, प्रोटिन, भिटामिन, मिनरलजस्ता तत्व आवश्यक पर्छन् । डाइटिङ गर्दा यी तत्व शरीरमा पुग्न पाउँदैनन् । जसले गर्दा हामीलाई हड्डी सम्बन्धी रोगले समात्ने, ब्लडप्रेसर कम हुने, तनाव र थकानले काम गर्न जाँगर नलाग्ने, शरीर भारी लाग्ने जस्ता समस्या आउन सक्छन् । त्यसैले तौल घटाउन हामीले केही फरक बिधि अपनाउन सक्छौ । यो तरिकाबाट तौल पनि घटाउन सकिने र हामीमा कुनैपनि साइडइफेक्ट पनि नदेखिने भएकोले नखानुभन्दा यी तरिका अपनाउनु हरेक दृष्टिकोणले उपयुक्त हुन्छ ।

– नेपालीको बानी खाना खाँदा एकैचोटी र बढी खाने हुन्छ । खाने समयको अन्तर लामो राखेर हामी धेरै खाइरहेका हुन्छौं । स्वस्थ रहन र तौल नियन्त्रण गर्न हामीले यो बानी सुधार्नै पर्छ । कम्तीमा दिनको ४ पटक खाने तर एकदम कम कम खाने बानी बसाउनु पर्छ । बिहानको ब्रेकफास्ट हामीलाई अत्यन्तै जरुरी हुन्छ । बे्रकफास्टमा –फापरको रोटी, जौ, छाली निकालेको दूध, अण्डाको सेतो भाग र पर्याप्त मात्रामा फलफूल खाने ।

– बिहानको खानामा आफनो उचाइ र उमेर अनुसार भात खाने । खानामा हरियो सागसब्जी, पर्याप्तमात्रामा सलाद र केही मात्रामा प्रोटिनयुक्त खानेकुरा खाने । शाकाहारीले दही, तोफू, पनिरलगायतका खाद्यपदार्थ खाने । मांशाहारीले चाहिँ कम तेल राखेर बनाएको कुखुरा र माछाका परिकार खाने । सकेसम्म रातो मासु कम गर्ने । अतः ठिक्कको उमेर तथा उचाइ भएकाहरुले खानामा भात ३० देखि ४० ग्राम खाएमा तौल नियन्त्रण हुन्छ र शरीरलाई आवश्यक तत्व पनि पुग्छ ।

– खाजाको समयमा विभिन्न फलफूल खाने । भुजा, केराउ वा चनाको तरकारी तथा चिउरा र तरकारी खान सकिन्छ । संभव भएसम्म मोही पिउने र फलफूल खान जोड दिने । हामीमा जुस पिएमा त्यसले फलफूलको काम गर्छ भन्ने भ्रम छ । तर जुसले हाम्रो तौल झनै बढाउने काम गर्छ । फलफूलको फाइबर नै शरीरलाई आवश्यक पर्ने भएकोले पूरै फलफूल काटेर खाने गर्नुपर्छ ।

– बेलुकाको खाना सक्दो छिटो खाने गर्नुपर्छ । सकेसम्म ७ देखि ८ बजेको समयमा खाना खाइ सक्नुुपर्छ । साँझको खानामा भातभन्दा रोटी बढी खाने गर्नुपर्छ । त्यस्तै खाना खानेबित्तिकै सुत्दा तौल बढ्ने प्रवल सम्भावना हुन्छ । खाना खाएको १्२ घण्टासम्म नसुत्ने, हिँडडुल गर्ने वा अन्य काम गर्नु पर्छ । राति ढिलोमा १० बजे सुत्ने र बिहान उज्यालो हुनुभन्दा एकघण्टा अगाडि उठ्ने बानी बसाल्नुपर्छ ।

– दिनभरीमा कम्तीमा ३ लिटर पानी पिउनु अनिवार्य हुन्छ । पानीको सट्टा जुस र अरु पेय पदार्थ पिएर पुग्दैन , सादा पानी नै पिउँनुपर्छ । पार्टी वा कार्यक्रममा जाँदा ग्रेभी खानेकुरा सकेसम्म कम खाने र त्यसको सट्टा पिस खानेकुरा लिने गर्नुपर्छ । ग्रेभि र मसलादार खानाको सट्टा हामीले सकेसम्म सलाद खान जोड दिने,अल्कोहल र बियरजस्ता पेयपदार्थ सेवन नगर्ने, सकारात्मक सोच राख्ने, सकेसम्म आफूलाई खुशी राख्नेजस्ता बानी बसाल्नुपर्छ ।

– खाद्य सामग्री किन्न जाँदा पनि फाइबरयुक्त र कम फ्याट भएका खाघपदार्थ किन्ने गर्नुपर्छ । विषेशतः फापरबाट बनेका खानेकुरा खाने गर्नुपर्छ । खानेकुरामा आलु, तरुल, सखरखण्डलगायत गुलिया खानेकुराहरुमा जोड दिनु हुँदैन । चिया तथा कफी खानुपर्दा चिनीको सट्टा भेनिलाको एस्ट्रयाक प्रयोग गरे राम्रो हुन्छ ।स्वास्थ्य पत्रिकामा खबर छ ।

– हामी स्वास्थ्य चुस्त र दुरुस्त राख्न तथा तौल नियन्त्रण गर्न भन्दै आफ्नै ढंगबाट विभिन्न व्यायाम गरिरहेका हुन्छौं । यस्ता नजानी गरिएका क्रियाकलापले हामीलाई फाइदाभन्दा बेफाइदा गरिरहेको हुन्छ । उदाहरणका लागि कमजोर मान्छेले कस्तो व्यायाम गर्ने, मोटो मान्छेले कस्तो व्यायाम गर्ने रु विभिन्न स्वास्थ्यमा समस्या भएकाहरुले कस्तो व्यायाम गर्ने रु सबैलाई एकैप्रकारको व्यायाम सहज नहुन पनि सक्छ । त्यसैले व्यायाम गर्दा सम्बन्धित डा। तथा विशेषज्ञको सल्लाहमा व्यायाम गर्नु पर्छ । व्यायाम गरि सकेपछि राति भिजाएर राखेको देशी बादाम दूधमा राखेर खान सकिन्छ, जसले स्वस्थ स्फूर्तीका साथै तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१