विवाहपछि चलचित्रलाई बाईबाई गर्ने नायिकाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७४, बुधबार २०:०२

सुनौलो भविष्यको सपना देखेर अभिनयमा भित्रिने युवतीको लर्काे छ यतिबेला चलचित्र क्षेत्रमा । ‘अभिनय मेरो बच्चा देखिकै रहर हो, सफल अभिनेत्री बनेर देशको नाम चिनाउन चाँहन्छु । मेरो नशा नशामा अभिनय मिसिएको छ,,’ यी र यस्ता बिचार उनीहरुले अभिनय अवसर, चर्चा र सफलताका लागि पोख्ने गर्दछन् ।

तर अभिनयको सफलता पछि भने उनीहरु बिदेशी र धनाड्य केटासँग घरजम बसाउँदै कलाक्षेत्रलाई लात हन्न पछि पर्दैनन् ।

आज रातोपाटीले यसैलाई चर्चाको बिषय बनाएको छ । जो अभिनयको सफलता र चर्चा पछि बिबाह बन्धनमा बाँधिदै अभिनयबाट टाढा रहँदै आएका छन् ।

सुमिना घिमिरे :
एक समय राम्रो चर्चा रहेकी अभिनेत्री हुन् सुमिना । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘छविलाल कन्जुस छैन’ चलचित्र मार्फत अभिनयमा भित्रिएकी सुर्खेतकी मीना ‘दुलही’ चलचित्रबाट सुमिनाको रुपमा चिनिएकी हुन् । त्यसपछि उनले करिब दुई दर्जन चलचित्रमा अभिनय गरेकी छन् । पछिल्लो समय उनका ‘स्टार’, ‘रंग बैजनी’ लगायत चलचित्र आएका थिए । चलचित्र भने सफल भएनन् । पत्रकारलाई धम्क्याएर समेत चर्चा बढुलेकी सुमिनाले काभ्रेका पाइलट रोशन सापकोटासँग बिहे गरेकी हुन् । एक भिडियो अभिनय सिलसिलामा भेटेकी रोशनसँगको बिबाह पछि भने उनी अभिनयमा क्रियासिल छैनन् । उनको पछिल्लो चलचित्र माला केही समय पहिले प्रदर्शनमा आएको थियो ।

बिपना थापा :
भारतीय नागरिक आशुतोष भारद्धाजसँग बिबाह बन्धनमा बाँधिएकी बिपना थापा पनि एक जमनाकी चल्तिकी नायिका हुन् । उनलाई लिएर धेरैले चलचित्र बनाएका छन् । पाँच दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी बिपनाका अप्सरा नाता रगतका, आगो, तँ त सारै बिग्रिस नि बद्री, के भो लौ न नी, मामा भान्जा, मीतिनी, सहिद गेट, बक्शिस, नगद नारायण, ख्याल ख्यालैमा लगायत चलचित्र चर्चित छन् । एक छारालाई समेत जन्म दिएकी बिपना बिबाह पछि अभिनयबाट टाढा रहँदै आएकी छन् । भारतको मथुरामा बिपना आफ्ना पतिका साथ ११ जनाको सायुक्त परिवारमा वस्छिन् ।

सोनिया केसी 
चलचित्र ‘सिलसिला’मा किस सिन दिएर एकाएक चर्चामा छाएकी अभिनेत्रीको अर्काे चर्चाको बिषय निर्देशक सुरेश दपर्ण पोखरेलले गरेको यौन प्रताव पनि हो । गोर्खा पल्टनमा समेत काम गरेकी केसीलाई बिवादका कारण राम्रो ब्यानरका चलचित्रमा काम गर्ने अवसर भने धेरै मिलेन । भैहाल्छ नि, राजभाई, फर्कि आउ लगायतका चलचित्रमा काम गरेकी केसी बिबाह पछि कुनैपनि चलचित्रमा देखिएकी छैनन् । गुपचुप बिबाह गरेर हराएकी केसीले ब्यवसाहीसँग बिबाह गरेको हल्ला केही पहिले चलेको थियो ।

युना उप्रेती

‘पर्खी बसे’ँ चलचित्रबाट अभिनयमा प्रवेश गरेकी युना उपे्रतीले यो चलचित्रबाट खुबै चर्चा बटुलिन् । त्यतिबेला उनिजस्तो अभिनेत्री चलचित्र क्षेत्रले अब नपाउने् सम्मको चर्चा भयो । चलचित्रले पनि हलमा महिनौसम्म स्थान पायो । तर त्यसपछि युनाले अभिनय गरेका चलचित्रले ब्यापर गर्न सकेनन् । युनाले पर्खि बसेँ पछि हिम्मत–२ मा पनि काम गरिन् । तर हिम्मत–२ ले सोचे जस्तो सफलता दिलाएन । हिम्मत–२ मा काम गरेकी युनालाई चलचित्रले माथि लान नसकेपछि । उनले बिवाह गरेर विदेश पसिन् । उनी अहिले के गर्दैछिन् । कसैलाई थाहा छैन ।

तेजुला खतिवडा :
चलचित्र ‘द मोष्ट वान्टेड’की अभिनेत्री हुन् तेजुला । त्यसपछि उनले ‘जष्ट फर यु’ चलचित्र अभिनय गरिन् । जीवनका पानाहरु सहित केही सानोपर्दाको श्रृखला र दर्जन बढि म्युजिक भिडियो अभिनय गरेकी उनले केही महिना पहिले र बिर्तामोड निवासी सुमनराज वस्नेतसँग उनले परस्परागत रुपमा लगनगाँठो कसेकी हुन् । राजधानीको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा विवाह भोज समेत दिएकी थिइन् । भोजमा उनका नजिकका चलचित्रकर्मी साथी, पत्रकार लगायतलाई मात्र निम्त्याइएको थियो । जापान वस्दै आएका सुमन एनआरएन पनि हुन् । बिबाह पछि उनले एक पनि चलचित्र अभिनय गरेका छैनन् ।

गरिमा पन्त :
गरिमाको पछिल्लो सफल चलचित्र झोला’ हो । उनले यो चलचित्रबाट अन्तराष्ट्रिय अवार्ड समेत पाएकी थिइन् । ठुली, रंग बैजनी लगायत दर्जन बढी चलचित्र अभिनय गरेकी गरिमाका केही चलचित्र सफल र केही असफल भएका छन् ।

चलचित्र क्षेत्रमा सुशिल अभिनेत्रीको रुपमा समेत परिचित गरिमा पनि बिबाह पछि कुनै चलचित्रमा देखिएकी छैनन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफू विवाहवन्धनमा बाँधिएको घोषणा गरेकी थिइन् । बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी उनी अहिले बिदेश रहँदै आएकी छन् ।

रेजिना उप्रेती :
नेपाली चलचित्र क्षेत्रमा कुनै जमानाकी व्यास्त अभिनेत्री हुन् रेजिना । निर्देशक शोभित बस्नेका धेरै चलचित्रमा देखिने उनी पछिल्लो समय निर्माता समेत बनेकी थिइन् । लण्डन निवासी सुरज पोखरेलसँग बिबाह गरेकी उनी अहिले अभिनय भन्दा बाँहिर रहँदै आएकी छन् । केही समयको प्रेमलाई उनले बिबाह बन्धनमा बाधेकी हुन् । उनी अहिले एक छोरीको आमा बनेकी छन् । करिब एक दशक चलचित्र अभिनयमा बिताएकी उनले अभिनय गरेको केही चलचित्र हिट छन् भने केही फ्लप ।

झरना बज्राचार्य :
झरनाले पनि धेरै चलचित्र अभिनय गरेकी छिन् । अन्जुली लगायत केही चलचित्रमा त उनले दोहोरो भुमिका समेत निर्बाह गरेकी थिइन् । विदेशी नागरिक सँग इन्गेजमेन्ट गरेर विवाहमा परिणत नहुँदै सम्बन्ध तोडेकी झरना पनि अहिले अभिनय भन्दा बाँहिर छिन् ।

ऋचासिंह ठकुरी :

ऋचा ‘नाइ नभन्नु ल’ पहिलो सिक्वेलकी अभिनेत्री हुन् । त्यसपछि उनले, म तिम्रो भइसके, मनले मनलाई छुन्छ लगायतका केही चलचित्र अभिनय गरिन् । चलचित्र चलचित्रले उनको करियर माथी उकास्न सकेन । दर्जनौ म्युजिक भिडियोमा समेत काम गरेकी उनी अहिले चलचित्रबाट गायबै छिन् । नाइ नभन्नु लको कामपछि उनलाई धेरैले सम्भावना बोकेकी अभिनेत्री पनि भन्थे । चलचित्रले दिएको चर्चा र सफलता ऋचाको जीवनमा धेरै बेरसम्म टिक्न सकेन । उनले त्यसपछि काम गरेका चलचित्रको औसत ब्यापार गर्न थाले । उनी विवाह गरेर अहिले चलचित्र अभिनयबाट टाढा रहेकी छन् ।

प्रस्तुति : कुवेर गिरी  ratopati 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१