झापामा १ करोडको पत्रकार सहारा उपचार कोषःआवश्यकता र अ‍ैचित्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७४, सोमबार १९:४९
एकराज गिरी  ।   ‘पत्रकारहरु अप्ठेरो समूहका सदस्य हुन् । उनीहरु माया गरिन वा प्रसिद्ध हुन कहीं गएका होइनन् । तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन्’–वीवीसी पत्रकार जेरेमी प्याक्सम्यानको यो भनाइले पुष्टि गर्छ कि –पत्रकारिता पेशा सम्मानित तर जोखिम र चुनौतिपूर्ण छ । नेपोलियन बोनापार्टको यस्तो उद्गारबाट पनि प्रष्टिन्छ कि पत्रकार तथा पत्रकारिताको महत्व र शक्ति । उनले भनेका छन्– ‘पत्रकार आरोपी, समालोचक, सल्लाहकार, वादशाहका प्रतिनिधि र राष्ट्रका सेवक हुन् । चार विरोधी पत्रिका चार हजार सेनाभन्दा बढी डर लाग्दा हुन्छन् ।’ यस्तो महत्वपूर्ण र शक्तिशाली पेशा अंगालेका पत्रकार स्वयंको भौतिक सुरक्षा र श्रमको सुनिश्चितता छैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभियन्ता बनेका सञ्चारकर्मी नागरिकको सूचनाको हक प्राप्तिमा अहोरात्र खटिने सिपाही हुन् । मुलुकमा शान्ति, लोकतन्त्रको स्थापनासँगै आजको यस अवस्थासम्म ल्याउन नेपाल पत्रकार महासंघ र सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाबाट हामी गौरवान्वित छौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पेसागत हकहितको अभियान र सञ्चारकर्मीको भौतिक सुरक्षा उत्तिकै चुनौतिपूर्ण पनि छ । राष्ट्र, राष्ट्रियतालाई सर्वोपरी ठानी सूचनाको हकको रक्षा गर्दै नागरिकको आवाज बुलन्द गरी सरकार, राजनीतिक दल लगायत जिम्मेवार निकायलाई सकारात्मक परिवर्तनका लागि खबरदारी गरेर सञ्चारकर्ममा जीवन नै समर्पण गर्ने सञ्चारकर्मीहरुले दुर्घटना तथा विभिन्न रोगबाट थलिएर उपचार खर्च अभावमा मृत्युवरण गर्नुपरेको अवस्था विद्यमान छ ।
पत्रकारले सुरक्षित महशुस गर्न सक्ने र जीवनको उत्तराद्र्धमा सहज जीवनयापनको सुनिश्चतताको वातावरण बनाउन सक्नु आजको आवश्यकता हो । पत्रकारिताको व्यवसायिक विकास खड्किएको छ । श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुन नसक्नु, न्यून पारिश्रमिकमा श्रम गर्नु जस्ता चुनौति र बाध्यता पत्रकारले भोगिरहेका छन् । अर्को मुख्य चुनौति पनि छ । यस्तो बेला कुनै दुर्घटना वा विरामी भए पत्रकारको उपचारमा आइपर्ने संकट हो आर्थिक अभाव । डा मीनेन्द्र रिजाल सूचना तथा सञ्चार मन्त्री भएको बेला  उहाँले पत्रकार उपचार कोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो । पेसागत र भौतिकरुपमा असुरक्षित रहेका पत्रकार प्राकृतिकरुपमा समेत असुरक्षित भएकाले उपचार कोषको व्यवस्था गर्ने गृहकार्यमा लागेको समेत उहाँको भनाइ थियो । घरपरिवारबाटै पत्रकारको उपचार हुन सक्ने अवस्था नभएकाले दुर्घटना, एवम् आकस्मिकरुपमा लाग्ने रोगबाट पत्रकारलाई बचाउन कोषको व्यवस्था गर्न लागिएको बताउने तत्कालिन सञ्चार मन्त्री रिजालले सायद यो कुरा बिर्सिसक्नु भयो । त्यसपछिका मन्त्री र सरकारले यसबारे के गर्दैछन् ? कसैलाई थाह छैन ।
पत्रकारलाई उपचार गर्न कोषको व्यवस्था गराउन सरकार गम्भीर हुनुपर्छ । मुलुकमा परिवर्तन र लोकतन्त्र स्थापनाका लागि प्रेस जगत्ले सहयोगी भूमिका निर्बाह गरेकाले लोकतान्त्रिक सरकारले प्रेसलाई बलियो बनाउने नीति नियम तर्जुमा गरेमा लोकतन्त्र पनि बलियो हुन्छ । नेपालमा पत्रकारिता जगतलाई सुरक्षित बनाउन पत्रकार उपचार कोष अपरिहार्य छ । यो यथार्थ आम पत्रकारको अभिभावक संस्थाको नाताले नेपाल पत्रकार महासंघ झापा शाखाले महसुस गरेको छ ।
०७० फागुन २५ को ११ औं अधिवेशनबाट निर्वाचित पत्रकार महासंघ झापाको नेतृत्वले पत्रकारको पेशागत हकहित, सीप–क्षमता बृद्धि लगायतका क्षेत्रमा धेरै काम ग¥यो । त्यो मध्येको महत्वपूर्ण काम बन्यो– पत्रकार–सहारा उपचारकोष स्थापना । नागरिकको सूचनाको हक प्रत्याभूतिका लागि अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघले ०७३ पुस १६ गते शनिवार कोषको घोषणा र स्थापना ग¥यो । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाएको सहारा नेपाल (साकोस)ले कोषका लागि एकमुष्ठ ५ लाख रुपैयाँ हस्तान्तरण गरेर पत्रकारको हितका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ । महासंघको कोषबाट ४ लाख तथा अन्य स्रोतबाट थपी कोषको रकम १० लाख पु¥याइएको छ । कोषको खाता सहारा नेपाल (साकोस) बिर्तामोड शाखामा सञ्चालित छ । कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
समाचार संकलन वा अन्य दुर्घटना भई घाइते, गम्भीर तथा दीर्घ रोग लागेका पत्रकारको उपचारमा सहयोग पु¥याउँदै पत्रकारको उपचारमा महासंघ झापाको कर्तव्यबोध गराउने कोष स्थापनाको मुख्य लक्ष्य हो । महासंघले आर्थिक बर्ष ०७४÷०७५मा कोषको रकम बृद्धि गरी ५० लाख पु¥याउने लक्ष्य लिएको छ । जसका लागि कोषको सदस्य बन्न पत्रकारले जनही ३ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्थासहितको कार्यविधि पनि पारित गरिएको छ । कोष बृद्धिका लागि सरकार तथा विभिन्न स्वदेशी÷विदेशी संस्थालाई सहयोगको आव्हान समेत गरिएको छ । सामाजिक संस्था वा अगुवाहरुले स्वस्फूर्त कोषमा सहयोगको घोषणा एवम् सहयोग गर्ने क्रम जारी छ । ०७४ साउनबाट सञ्चालनमा आउने कोषबाट घाइते तथा रोगी पत्रकारको वर्गीकरण गरी सहयोग प्रदान गरिने कार्यविधि छ । कोष वृद्धिका लागि महासंघको वर्तमान नेतृत्वले पत्रकार सहारा उपचार कोष समिति समेत बनाएको छ । कोषको संयोजक एकराज गिरी तथा  सदस्यहरु केशव भट्टराई,लीलाराज झापाली, विनोद सापकोटा, सुष्मा राजवंशी छन् ।
देशभर १५ हजारको हाराहारीमा पत्रकार छन् । नेपाल पत्रकार महासंघले सञ्चार मन्त्रालयसँगको सहकार्यमा पत्रकारको सुरक्षाका लागि गत बर्षबाट ‘पत्रकार दुर्घटना’ बीमा शुरु गरेको छ । दुर्घटनामा घाइते वा मृत्यु भएमा बीमामा सहभागी पत्रकार तथा परिवारले ५ लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । आफ्नै सुरक्षाका लागि ल्याइएको बीमामा त्यत्ति धेरै पत्रकार संलग्न हुन सकेका छैनन्, सचेत देखिएका छैनन् । झापामा २६८ जना महासंघका सदस्य छन् । ती सहित ३०० को हाराहारीमा जिल्लामा पत्रकार छन् । तर बीमामा १८ जना मात्र सहभागी देखिन्छन् । यस्तो अवस्थामा पत्रकार आफै पनि सुरक्षा कार्यक्रममा चनाखो हुनुपर्ने आवश्यकता खड्किएको छ ।
पत्रकार–साहरा उपचार कोष स्थापनाका लागि सहारा नेपाल (साकोस)को भूमिका प्रेरक र महत्वपूर्ण छ । महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ, उपाध्यक्ष तारामणि सापकोटा, सचिव म एकराज गिरी लगायतका साथीहरुले तालिम तथा अन्य कुनै कार्यक्रम सञ्चालनका लागि सहारा नेपाल (साकोस) सँग प्रस्ताव लैजाने योजना बनायौं । प्रस्तावसहित रकम माग गर्ने बारे सहाराका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीसँग सल्लाह ग¥यौं । उहाँले– ‘उपलब्धिहीन कुनै प्रस्ताव नल्याउनु, पत्रकारको हितका लागि दीगो र उपलब्धिमुलक योजना लिएर आउनुस्, हामी राम्रै सहयोग गर्छौ’ भन्नुभयो । गिरीको यो सुझावले हामी उत्साहित भयौं ,गम्भीर रुपमा गहिरिएर सोच्न बाध्य भयौं । साझा सल्लाह भो– पत्रकारलाई केही भइपरिआउँदा चन्दा उठाउने परिपार्टीको अन्त्य गर्न अब ‘पत्रकार उपचार कोष स्थापना गरौं’ भन्ने । सोही साझा सल्लाहलाई प्रस्तावको रुपमा लग्यौं । महेन्द्रकुमार गिरी, अध्यक्ष ताराप्रसाद सञ्जेल लगायत सहाराको टिमले खुशीका साथ प्रस्ताव स्वीकार्नुभो । आजसम्म चाहेर पनि हुन नसकेको पत्रकारको हितार्थको सोच र कार्यलाई साकार पारिदियो– सहारा नेपाल साकोसले ।
अहिले पत्रकार दुर्घटनामा पर्दा, विरामी हुँदा तथा दीर्घरोगबाट पीडितलाई महासंघ केन्द्रीय समिति तथा प्रेस काउन्सिलले जनही १०÷१५ हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ । कुनै कोष नभएकाले झापा शाखाले चाहेर पनि हालसम्म सहयोग गर्न सकेको छैन । भइपरिआउँदा कार्य समिति तथा पत्रकारहरुबाटै जुटाएर सामान्य सहयोग दिइँदै आएको छ । पत्रकार अर्जुन राजवंशीकी हजुरआमा ललिता राजवंशी गौरीगाईको आक्रमणमा पर्दा ५ हजार सहयोग कार्य समितिका पदाधिकारी तथा सदस्यबाटै जुटाइयो । क्यान्सरपीडित पत्रकार सुभद्रा खड्का अधिकारीको उपचारमा महासंघ, प्रेस सेन्टर तथा प्रेस क्लब भद्रपुरको अगुवाईमा ३०÷३१ हजार पत्रकारहरुबाटै स्वस्फूर्त सहयोग जुटाइयो । महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पदक मदन ढकालको उपचारमा सहयोग जुटाउन अभियान चलाउने सल्लाह हुँदाहुँदै उहाँको निधन भयो । अर्का पत्रकार अमृतलाल श्रेष्ठ मृगौला रोगबाट पीडित भई लामो समयदेखि उपचाररत् हुनुहुन्छ । उहाँको उपचारमा महासंघको अगुवाईमा ५८ हजार सहयोग गरियो । द्वन्द्वपीडित पत्रकार दिपीन राई, कमल मिश्र पनि लामो समयदेखि उपचाररत् हुनुहुन्छ । पत्रकार तारामणि सापकोटा पनि विविध स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत् हुनुहुन्छ । उहाँहरुको लागि महासंघ झापाले केन्द्रीय समिति तथा प्रेस काउन्सिललाई सहयोगको सिफारिस गरे पनि झापा शाखाले सहयोग पु¥याउन चाहेर पनि नसकेको अवस्था छ । पत्रकार कृष्ण हुमागाई, रेजिना रोदन, महासंघका कार्यालय सचिव खेमराज बरालमाथि समेत विभिन्न पक्षको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएको अवथामा भनसुन र सिफारिस बाहेकका सहयोग गर्न नसकेको अवस्था थियो । बितेका तीन बर्षमा भोगिएका यी विविध परिस्थितिका कारण महासंघ झापा शाखा पत्रकार उपचारकोष स्थापनाको सोचमा पुगेको हो ।
पत्रकारको सहाराका लागि सहारा नेपाल साकोसबाट प्रारम्भ भएको अभियानलाई निरन्तरता दिई कोषको रकमबृद्धि गर्नु अहिलेको आवश्यकता हो । केही बर्षभित्र कोषमा एक करोड रुपैयाँ पु¥याउन सकियो भने व्याजमात्र बार्षिक १२÷१५ लाख प्राप्त हुन्छ । त्यसबाट धेरै पत्रकारको ज्यान बचाउन सकिन्छ । रोगी,अशक्त र ज्येष्ठ पत्रकारलाई नियमित सहयोगको स्रोत पनि यो कोष बन्न सक्छ ।  यो सोचलाई व्यवहारमा उतार्न महासंघको बर्तमान नेतृत्व अग्रसर छ । यसलाई सार्थक बनाउन पत्रकार स्वयम् लाग्नुपर्छ । यहाँका सरकारी निकाय, सामाजिक संघ–संस्था, उद्योगी–व्यवसायी, सामाजिक अगुवा, राजनीतिक दल सबैको साथ सहयोगको खाँचो छ । झापामा धेरै सञ्चारमाध्यम छन् । ६६ वटा । जसमध्ये ९ दैनिक,१९ साप्ताहिक, ४ मासिक पत्रिका छन् । १६ अनलाइन,१६ रेडियो र २ टेलिभिजन छन् । पत्रकारका संगठन पनि धेरै छन् । २९ वटा । पत्रकारको हितका लागि स्थापित कोषमा सहयोग गर्न ती सञ्चारमाध्यम र संगठनहरु पनि चुक्ने छैनन् ।
पत्रकार दुर्घटनामा परी घाइते भएको बेला होस् या त विरामी भएर उपचार गराउँदा होस्– आर्थिक अभावका कारण कि हस्पिटलमा छुटका लागि भनसुन गर्नुपर्ने कि त सहयोग जुटाउनुपर्ने अवस्था छ । यो अवस्था धेरै पहिलेदेखि आज पर्यन्त विद्यमान छ । यसको विकल्प र यो परिपाटी अन्त्यका लागि दीगो सोचका साथ ल्याइएको पत्रकार–सहारा उपचार कोष पत्रकारको जीवनको वास्तविक सहारा बन्ने विश्वास गरिएको छ । अतः झापाली सञ्चारकर्मीको सुरक्षाको लागि स्थापित उक्त कोषमा तपार्इं र तपाईंको संस्था÷प्रतिष्ठानको तर्फबाट उल्लेख्य आर्थिक सहयोग पु¥याइदिनु हुन विनम्र  अनुरोध गर्दछौं । यो सहयोगलाई हामीले तपार्इं र तपार्इंको संस्था÷प्रतिष्ठानको सामाजिक उत्तरदायित्वको रुपमा समेत हेरेका छौं । पत्रकारको हितार्थ एक पटकलाई दिल खोलेर सहयोग गर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ– तपाईं र तपाईंको संस्था÷प्रतिष्ठानबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त हुनेछ । साथै उक्त सहयोग पत्रकारको जीवन रक्षाको सहारा बन्नेछ ।  yekrajgiri@gmail.com
(गिरी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक हुन्् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१