यसरि लुट्दै नीजि विद्यालय, सरकारी निकाय रमिते : मन्टेश्वरीकै शुल्क एक लाख पचास हजार सम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७४, शुक्रबार ०७:४६

काठमाडौँ,१ बैशाख । आजको जन आह्वान साप्ताहिकमा यो खबर छ । सरकारले ध्यान दिन नसक्दा अभिभावक यस वर्षमा पनि ठगीमा पर्ने भएका छन् । सरकारी बेवास्थाका कारण नीजि विद्यालयले अभिभावकलाई खुलमखुल्ला ठगी गर्नका लागि वातावरण पैदा गरेको छ ।अभिभावक लुट्नेमा सबैभन्दा बढी एमाले निकटका विद्यालय बढी रहेका छन् । उनीहरु सरकारले नै यति शुल्क लगाएको भन्दै दोष जति सरकालाई थोपेर लुटिरहेका छन् । तर शिक्षा मन्त्री धनीराम पौडेल भने देखेको नदेख्यै गरेर अभिभावक लुट्न सहयोग गरिरहेका छन् ।
शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमाका विषयमा अझै निर्णय हुन सकेको छैन ।

राजधानीका विद्यालयले मन्टोस्वरीमा भर्नाका लागि मात्रै एक लाख ५० हजार भन्दा बढी रकम उठाएका छन् । तर शुल्क अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारी नीजि विद्यालयले दिएको मेजमानीमा रमाएर बसेको भन्दै अभिभावकले आपत्ति जनाएका छन् ।

सामान्य विद्यालयले पनि विद्यार्थीसँग भर्ना, पुस्तक, कापी तथा कलम, पुस्तकालय तथा शैक्षिक तथा अन्य शुल्कको नाममा एकमुष्ठ रुपमा रकम उठाएका छन् । कानुनतः नयाँ भर्नाको नाममा शुल्क उठाउन पाइदैन । तर सरकारी निकायको कमजोरीका कारण अभिभावक चर्को शुल्कको मारमा परेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै नभइ देशभर नै नीजि शैक्षिक संस्थाले मनलाग्दी तवरले शुल्क उठाएका छन् । अधिकाशं विद्यालयले अनावश्यक रुपमा उठाएको शुल्कका बारेमा प्रश्न उठाउने सरकारी निकाय नै मौन बस्दा समस्यामा परेका अभिभावकले गुनासो गर्ने ठाँउ पाएका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१