हमासका लडाकूहरुको रकेट आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०५:५४

एजेन्सी –  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गाजापट्टीमा चर्केको युद्ध तत्काल र बिनाशर्त रोक्न इजरायल र प्यालेष्टाइन दुबैलाई अपील गरेको छ । मुस्लिमहरुको महान् चाड इद शान्तिपूर्वक मनाउन दिन राष्ट्रसंघले आह्वान गरेको हो ।download (4)

२४ घण्टे युद्धबिराम भनिए पनि इजरेल र प्यालेष्टाइन लडाकु समूह हमासले एकअर्काविरुद्धको कार्वाही नरोकेपछि राष्ट्रसंघले यो आग्रह गरेको हो । इजिप्टले अघि सारेको युद्धविरामको मस्यौदामा टेकेर संघर्ष रोक्न राष्ट्रसंघले आह्वान गरेको हो । राष्ट्रसंघले सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्नको जोहो गर्ने वातावरण दिन पनि आग्रह गरिएको छ ।
एकतर्फी २४ घण्टे युद्धविरामको घोषणा गरे पनि हमासका लडाकूहरुले रकेट आक्रमण रोकेका छैनन् भने इजरेलले पनि स्थल र हवाई दुबैतर्फबाट आक्रामक कार्वाही जारी राखेको विविसीले उल्लेख गरेको छ । युद्ध विराम तोडिनुमा दुबैले एकअर्कालाई दोष थोपरेका छन् ।
गत जुलाई ८ बाट इजरायलले हमासविरुद्ध शुरु गरेको आक्रमणमा एक हजारभन्दा बढी प्यालेष्टाइनी, ४३ जना इजरेली र एक थाई नागरिक मारिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१