बिधालय कार्यक्रममा प्रियंका अर्धनग्न कार्यक्रमका प्रमुख अतिथिकै बिरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७३, सोमबार ०६:१२

काठमाडौँ ।  सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित एस.ए.बी. पब्लिक स्कुल डिल्लीबजारको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी नायिका प्रियका कार्कीको गेटअपले गर्दा अभिभाबले बिरोध गरेका छन । बिधालयको प्रागणमा भएको कार्यक्रममा प्रियंका निर्धारित समय भन्दा डेढ घण्टा ढीलो अर्धनग्न अबस्थामा सहभागी भएको भन्दै अभिभाबकले बिरोध गरेका छन ।

अभिभाबकले बिधालयका बालबालिकालाई कस्तो. सन्देश दिन खोजेको हो भन्दै कुन कार्यक्रममा कस्तो ब्याक्ति प्रमुख अतिथि हुनु पर्छ भन्ने कुरा बिधालयको ब्यबस्थापनले ख्याल गर्नुपर्ने हुन्छ भनी बिधालयको गभीर ध्यानाकर्षण गराएका थिए ।
निर्धारित समय भन्दा डेढ घण्टा ढीलो उपस्थित भएकी कार्कीले छोटो त्यसमा पनि शरीरको धेरै भाग देखिने गरी पहिरन लगाएकी थिइन भने उनको शरीरको धेरै तिर टाटुहरु पनि थिए । सो कार्यक्रमका अर्का अतिथि क्रिकेट टीमका कप्तान पारस खडका भने साधारण गेटअपमा थिए । अभिभाबकले प्रियंकाको गेटअप प्रति बिरोध गरेपछि बिधालय ब्यबस्थापनले माफी माग्नुपरेको थियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१