आँखामा यी ९ लक्षणहरू देखा परे चश्मा लगाउनु पर्ने, जानी राखौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७३, शनिबार १९:३९

आजभोलीका लाइफस्टाइल, पढाई, कम्प्यूटरमा काम र उमेरका कारण अधिक मानिसको नजरमा चश्मा लगाउन आवश्यक भएको छ। आई स्पेशलिस्टहरूले बताए अनुसार, प्रायः जसो मानिसलाई थाहा हुँदैन कि उनीहरूलाई आँखाको समस्या र आँखा जाँच गराई चश्मा लगाउँनु पर्दछ । स्पेशलिस्टहरूका अनुसार , यदि यी ९ लक्षणहरू आँखामा देखा परेमा चाँडै आँखाको चिकित्सक सँग जाँच गराउनु पर्दछ ।

(१) यदि धेरै टाढा वा नजिक हेर्दा धमिलो देखिन्छ । पत्रपत्रिका एवम् किताब पढ्न गाह्रो भएमा ।

(२) राति र बिहान ठिक सँग देख्न नसकिँदा ।

(३) कम्प्यूटरमा शब्द धमिलो र आँखा एवम् टाउको दुखेमा ।


(४)  यदि अध्याँरो ठाँउबाट उज्याँलोमा हेर्दा समस्या र रातिमा गाडी चलाउँदा गाह्रो भएमा ।

(५) थोरै समयमै पत्रपत्रिका पढ्दा आँखा दुख्ने, थकाई र जलन हुन लागेमा ।

(६) यदि बिना कारण टाउको दुख्ने र आँखाको वरिपरि दुखाई भएमा ।

(७) आँखा धेरै सुख्खा हुने र बारम्बार झिम्काउनु पर्दा ।

(८)  बिना कारण आँखा रातो हुने, जलन र धेरै चिलाउँने हुँदा ।

(९) कुनै वस्तुलाई देख्दा आँखा दुख्ने, चक्कर लाग्ने समस्या भएमा ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१