टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७३, शनिबार १९:२५

काठमाडौँ ।  टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
– टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।

– टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

– टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।स्वास्थ्य खबरपत्रिकमा खबर छ ।

– टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।

– वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ ।

– अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ । एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१