विश्वविख्यात गायिका बियोन्स विश्वको सर्वाधिक सुन्दर सेलिब्रेटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७३, बुधबार ०७:२४

एजेन्सी। विश्वविख्यात गायिका बियोन्स विश्वको सर्वाधिक सुन्दर सेलिब्रेटीमा दरिएकी छन्। उनलाई पछ्याउँदै बलिउड अभिनेत्री प्रियंका चोपडा सन् २०१७ मा सर्वाधिक सुन्दर महिलाको दोस्रो नम्बरमा पर्न सफल भएकी हुन्।
बियोन्स र प्रियंकालाई पछ्याउँदै मोडल टेलर हिल तेस्रो नम्बरमा परेकी छन् । त्यसैगरी चलचित्र ह्यारी पोर्टरकी नायिका एमा वाटसन भने चौथो नम्बरमा पर्न सफल भएकी छन् । कुनै समय हलिउडमा नम्बर वान नायिकामा दरिएकी हलिउडकी प्रसिद्ध अभिनेत्री एन्जेलिना जोली भने यो सूचीको आठौं नम्बरमा सीमित भएकी छन् ।
सन् २००२ मा तमिल चलचित्र थमिजानबाट पर्दामा डेब्यु गरेकी प्रियंका सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । १८ वर्षको उमेरमा मिस वल्र्डको ताज चुमेर ग्ल्यामर क्षेत्रमा आएकी उनको करियरले चलचित्र थमिजानपछि युटर्न लिएको हो ।
चलचित्रमा आउनुअघि पनि उनले क्रिमिनल साइकोलोजिस्ट बन्ने चाहना पनि राखेकी थिइन् । आर्मीको परिवारमा हुर्केकी उनले बुवा सेवामा रहेका बेला भारतका साथै अमेरिकामा बाल्यकाल बिताएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१