पाकिस्तानका १० सर्वाधिक सुन्दर महिलाको सूची सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७३, सोमबार २०:३५

एजेन्सी । एक स्टाइल पोर्टलले केहि दिन अघि पाकिस्तानका १० सर्वाधिक सुन्दर महिलाको सूची सार्वजनिक गरेको छ । यीमध्ये दुई मोडल र नायिका हुनुका साथै गायिका पनि छन् ।

सबा कमरः

‘स्टाइल क्रेज टप टेन मोस्ट ब्यूटिफल पाकिस्तानी महिला’ को सूचीमा पहिलो स्थानमा छिन् सबा कमरा । ३२ वर्षीया उनी गुजरांवालामा बस्छिन् । उनी मोडल र टेलिभिजन नायिका हुन् । ‘दास्तान, पानी जेसा प्यार’ जस्ता पाकिस्तानी श्रृङ्खलामा उनी देखिइसकेकी छिन् । सन् २०११ मा सबाले पीटिभी अवार्डसमा ‘बेस्ट टेलिभिजन एक्ट्रेसको पिपल्स च्वाईस र ज्यूरी अवार्ड’ पाएकी थिइन् ।

एनी खालिदः

पाकिस्तनकी सबैभन्दा सुन्दर महिलाको सूचीमा दोस्रो स्थानमा लाहोरमा बस्ने २९ वर्षीया मोडल एनी खालिद पर्दछिन् । उनी गायिका पनि हुन् । एनीको ‘माहिया’ गीत पाकिस्तानमा मात्र नभई पूरा साउथ एसियामा चर्चित भएको थियो ।

एनी लोरियल, पेप्सी, टेलेनोरजस्ता ब्रान्डको विज्ञापन पनि गर्छिन् ।

हुमैमा मलिकः

ब्लूचिस्तानको क्वेटामा बस्ने हुमैमा मलिक अभिनयका साथै मोडलिङका लागि चर्चित छिन् । हुमैमाले १४ वर्षको उमेरमा फेयर एण्ड लभ्लीको विज्ञापन गरेकी थिइन् । २९ वर्षीया हुमैमालाई सन् २०१० मा सनसिल्क फेस अफ द इयर अवार्ड जितेकी थिइन् ।

उनको पाकिस्तानी फिल्म ‘बोल’ मा क्यामियो रोल गरेकी थिइन् । यसका साथै उनले पाकिस्तानी टेलिभिजन सिरिज जस्तै आजा मे तेनु प्यार करां, ताल्लुक अकबरी असगरी, इश्क जुनून दीवानगी र बारिशके आँसुजस्ता टेलिश्रृङ्खलामा अभिनय गरिसकेकी छिन् ।

माहिरा खानः

माहिरालाई पाकिस्तानको सबैभन्दा सुन्दर महिलाको सूचीमा चौथो स्थान दिइएको छ । कराँचीमा जन्मिएकी ३२ वर्षीया माहिर केहि समय अघि रिलिज भएको शाहरुख खान स्टारर फिल्म ‘रईस’ मा मुख्य नायिका थिइन् ।

माहिरा एमटीभी पाकिस्तानको मोस्ट वान्टेड र विकेन्ड्स विद माहिरा जस्तो कार्यक्रमकी प्रस्तोताको रुपमा देखिइसकेकी छिन् । उनी पनि चर्चित पाकिस्तानी फिल्म ‘बोल’ मा थिइन् ।

पाकिस्तानी टेलिभिजन ‘शहर–ए–जात’ का लागि उनलाई उत्कृष्ट नायिकाको अवार्ड दिइसकिएको छ ।

मेहनूर बलूचः

पाकिस्तानी मूलकी क्यानडेली नागरिक मेहनूर ४६ वर्षकी हुन् र पाकिस्तानकी सबैभन्दा सुन्दर महिलाको सूचीमा पाँचौ स्थानमा छिन् । मेहनूर मोडल, नायिका हुनुका साथै निर्देशन पनि गर्छिन् । सन् १९९३ मा नै उनले पाकिस्तानी टेलिभिजन सिरियल ‘मारवी’ र ‘दुसरा आसमां’ बाट सुरुवात गरेकी थिइन् ।

उनी ‘लम्हे’, ‘पतझडकी छांव’ र ‘टू मदर्स’ जस्तो टेलिश्रृङ्खलालाई निर्देशन गरिसकेकी छिन् । मेहनूर ‘मेहर बानो और शाह बानो’, ‘तलाफी’ र ‘लेडिज पार्क’ जस्तो टेलिश्रृङ्खलामा काम गरिसकेकी छिन् ।

सायरा यूसुफः

सायरा यूसुफ मोडल र कार्यक्रम प्रस्तोता हुन् । उनलाई सायरा शेहरोज र सायरा खानको नामले पनि चिनिन्छ । माहिराजस्तै सायराले पनि भारतमा आफ्नो क्षमता प्रदर्शित गरिसकेकी छिन् । उनले भारतीय टेलिभिजन कार्यक्रम ‘भेजा फ्राई’ र ‘मोस्ट वान्टेड’ मा काम गरेकी थिइन् । कराँचीमा जन्मेकी २८ वर्षीया सायराले मोबिलिंक, फेयर एण्ड लभ्ली र पेकीजस्तो ब्रोन्डका लागि विज्ञापन गरिसकेकी छिन् ।

इमान अलीः

पाकिस्तानको सबैभन्दा सुन्दर महिलाको सूचीको सातौं स्थानमा इमान अली रहेकी छिन् । उनले पाकिस्तानको चर्चित फिल्म ‘खुदा के लिए’ मा मुख्य भूमिका निभाएकी थिइन् भने ‘बोल’ फिल्मका लागि सहायक नायिकाको रुपमा देखिएकी थिइन् ।

लाहोरमा बस्ने ३९ वर्षीया इमानले पनि भारतमा मोडलिङ गरेकी थिइन् । उनी मनिष मलहोत्रा, तरुण ताहिलियानी, रिना ढाका र सुनित वर्माजस्ता भारतीय फेसन डिजाइनर्सका लागि मोडलिङ गरिसकेकी छिन् । इमानले पाकिस्तानको सबैभन्दा चर्चित कस्मेटिक ब्रान्ड लुसियस कस्मेटिकका लागि पनि विज्ञापन गरिसकेकी छिन् । फिल्मका साथै उनले ५ भन्दा बढि टेलिभिजन कार्यक्रम गरिसकेकी छिन् ।

सारा लोरेनः

३१ वर्षीया पाकिस्तानी नायिका सारा लोरेनले सन् २०१० मा रिलिज भएको फिल्म ‘कजरोर’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले पाकिस्तानी फिल्म ‘गिद्ध’, ‘सल्तनत’ र ‘लभ मे गम’ मा मुख्य भूमिकामा देखिइन् । उनले चारवटा टेलिभिजन कार्यक्रममा अभिनय गरिसकेकी छिन् ।

आयशा लिनिया अख्तरः

आयशा पाकिस्तानकी सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा छिन् । उनी सन् २०१० मा रिलिज भएको पाकिस्तानी फिल्म ‘स्लैकिस्तान’ मा मुख्य नायिका थिइन् । यो फिल्मको भाषा र केही दृश्यका कारण पाक सेन्सर बोर्डमा यसलाई प्रतिबन्ध गरेको थियो ।

२८ वर्षीया आयशा अब अमेरिकामा बस्छिन् । उनी केही फिल्मकी निर्माता पनि हुन् । उनले लिभाइजका लागि विज्ञापन पनि गरिसकेकी छिन् । उनले पाकिस्तानी गायक अली जफरको म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

महविश हयातः

३४ वर्षीया महविश हयात मोडल, नायिका हुनुका साथै गायिका पनि हुन् । कराँचीमा बस्ने महविशले सन् २००९ मा रिलिज भएको फिल्म ‘बिंत–ए–मरयुम’ मा क्यामियो गरेकी थिइन् । त्यसपछि उनले अभिनय गरेको अर्को फिल्म ‘इंशा अल्लाह’ पनि चर्चित रह्यो । महविशले १० भन्दा बढि टेलिभिजन कार्यक्रममा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०