नेपालले हङकङलाई ७ विकेटले हराउन सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७३, बिहीबार १८:४२

काठमाडौं । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हराउन सफल भएको छ ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत विहिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ आभर २ बलमा तीन विकेट जाँदा २ सय २० रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले ११ चौकासहित ७०, आसिफ सेखले ८ र दिलीप नाथले १२ रन जोडेर आउट भएका थिए ।

शरद भेषवाकरले तीन छक्का र चौकासहित अर्धशतक पूरा गर्दै कूल ५१ बल खेलेर ५५ रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले कुल ८३ बलमा एक छक्का र ५ चौका प्रहार गरी ६० रन बनाए । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१