नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको यस्तो छ मापदण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७३, बुधबार ०८:२२

काठमाडौं,१६ चैत्र  । नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । साथै वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो । साथै नयाँ संरचना अनुसार नै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ ।
यस्तो छ मापदण्ड

कांग्रेसले निर्वाचन क्षेत्रका आधारमा उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । एउटा निर्वाचन क्षेत्र अन्तरगतका गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।

उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।

दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।

उम्मेदवारको नाम सम्वन्धित क्षेत्रको सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।

सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम जिल्ला पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।

क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

कांग्रेसले वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्नु पर्ने बताएको छ । उम्मेदवारको मनोनयन पत्र मा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय सभापििथ र जिल्ला सभापतिलाई दिने काग्रेसको निर्णय छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१