वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७३, बुधबार ०८:०६

काठमाडौं।  वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरुबाट ९ लाख रुपैयाँ ठगी गरिएको हो । आजको कान्तिपुरमा खबर छ ।

सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानलाई विश्वास गरेर उनीहरुले रकम दिएको खुलेको छ । थप जोखिमको सम्भावना रहेको भन्दै महिलाहरुलाई प्रहरीले सीमाक्षेत्रको सुनौलीबाट फर्काएर आफन्तको जिम्मा लगाएको छ ।

सिन्धुपाल्चोकको बाँसबारी ४ की सरिता खड्का, काँकडभिट्टाकी शर्मिला अधिकारी र सिन्धुपाल्चोक भोटसिपाकी सरस्वती चौलागाइ ठगिएका हुन् ।

फेसबुकमा प्रमोद दाहाल नामको आइडीमा अनलाइन सम्पर्क हुँदै गएपछि सरिता उनको विश्वासमा परिन् । सरितालाई रसियामा जागिर लगाइदिने र प्रतिमहिना डेढ लाख रुपैयाँ कमाइ हुने प्रलोभन देखाए । सरिताले यसबारे शर्मिला र सरस्वतीलाई पनि बताइन् । उनीहरु पनि रसिया जान तयार भए ।

फेसबुकमा कुराकानी भए अनुसार चाबहिल चोकमा पैसा लिन मोटरसाइकलमा आएका एक व्यक्तिलाई सबैले ३(३ लाख रुपैयाँ बुझाए ।

अनलाइनमै कुरा भए अनुरुप उनीहरु दिल्लीको कजनुकोटिलामा भेट हुने र आफूले बिच बाटोमा मोबाइलबाटै सम्पर्क गर्ने भन्दै सबैको मोबाइल नम्बर राखेको थियो । सम्पर्क नगरेपछि उनीहरु ठगिएको खुलेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१