सोमबारको महत्व र भगवान शिवको पूजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७१, सोमबार ०६:०९

काठमाडौँ – जेठ र असारको प्रचण्ड गर्मीबाट मुक्ति दिलाउनका लागि साउन महिनाको आगमन हुने गर्दछ । साउन महिनालाई मानिस, पशुपंक्षीले मात्र्र नभई देवताहरुलाई पनि यो महिनाको प्रतिक्षा रहेको हुन्छ । 1000310_560808673978370_968991007_n साउन महिनामा प्रतिदिन भगवान आशुतोष अर्थात भगवान शिवको उपासनको विधान पुराणहरुद्वारा बताइएको छ । देवताका पनि देवता भगवान शिवलाई साउन महिना निकै प्रिय छ ।images (2) त्यसैले यो महिनामा चन्द्रशेखर भगवान शिवको पूजा–आराधना विशेष महत्व राख्ने गर्दछ । कोहि मानिसले कुनै कारणवश एक वर्षभरी भगवान शिवको पूजा–आराधना गर्न सकेका छैनन् भने उनले र सबै शिव भक्तहरुले साउन महिनाको प्रत्येक सोमबार पूजा गर्नु अथवा व्रत बस्नु राम्रो मानिन्छ । हुन त सोमबारको दिन भगवान शिवलाई निकै प्रिय छ र यहि दिन शिवको शिरमा स्थान पाएका चन्द्रदेवलाई पनि मानिन्छ ।
यदि तपाईंले पछिल्लो वर्ष शिव भगवानको उपासना गर्नुभएको छैन भने यो वर्ष पक्कै गर्नुहोस् । यतिबेला व्रत वस्नाले अविवाहिता महिलाले राम्रो पति पाउने जनविश्वास रहि आएको छ । यति मात्र होइन जो व्यक्तिले यो महिनामा शिव भगवानको पूजा–आराधना गर्छन् उनीहरुले चाहेको वर पाई सबै रोग र दरिद्रताबाट मुक्ति पाउने विश्वास रहेको छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०