कुनबेला खाने तातो र चिसो पानी !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार २०:२३
पानी हाम्रो जीवनमा नभई नहुने तत्व हो । ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ । त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो त ? कि अवस्था अनुसार चिसो र तातो दुबै  पानी खान सकिन्छ ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ ।
प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरिरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ । तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ ।
जब तपाई बाहिर तापक्रममा काम गर्नु भएको छ र निकै तिर्खा लागेको छ भने अवश्य पनि तातो पानीले तपार्इंको तिर्खा नमेट्ला । तर तपाईलाई रुघा लागेको छ भने यो बेला पनि मन तातो पानी खाएर चित्त बुझाउनुपर्छ ।
व्यायामको समयमा
व्यायायमको समयमा शरिरको तापक्रम उच्च बिन्दुमा पुग्छ । शरिरमा बगेको पसिनाले पनि शरिरलाईकेही हदसम्म शितलता प्रदान गर्छ । तर चिसो पानी पिउदा शरिरको सम्पूर्ण तापक्रमलाई सामान्य बनाउँछ । यो अवस्थामा तातो भन्दा चिसो स्वास्थ्यका लागि हितकार हुन्छ ।
ज्वरो आउदा
ज्वरो आउदा चिसो पानी तपाईको शरिरको तपाक्रमलाई न्यून गर्ने एउटा उपाय हुन सक्छ । ज्वरो आउदा शरिरको तापक्रम बढ्ने भएकोले हाइड्रेड रहन पनि पानी पिउनै पर्छ । धेरै तातो शरिरमा चिसो पानी पिउदा केही हदसम्म राहत पनि मिल्छ ।
तौल घटाउँदा
चिसो पानीले मेटाबोलिजमलाई सशक्त बनाउने र हरेक दिन थप ७० क्यालोरी पगाल्न सहयोग पुग्छ । तसर्थ मोटा व्यक्तिले तातो भन्दा चिसो पानी पिउदा शरिरको तौल घटाउन सहयोग मिल्छ ।
पाचन पक्रियामा
बिहान उठेपछि प्रायले कफी, चिया तथा तातो पानी खान्छन् । आर्यर्बेदमा उल्लेख भए अनुसार बिहानै तातो पानी खाँदा पाचन प्रणालीलाई सहयोग मिल्छ । चिसो तरल पर्दाथ र खानेकुरालाई तातो राप प्रदान गरी खानालाई पचाउन शरिरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकोले चिसो भन्दा तातो पानी उपयुक्त हुन्छ । तसर्थ पाचन कमजोर भएकाहरुले कहिल्यै पनि चिसो पानी (खाना खाँदा) खानु हुँदैन् ।
विकार फाल्न
मदिरा, औषधी वा शरिरका अन्य विकार फाल्न पर्याप्त पानीको आवश्यक पर्छ । कोठाको तापक्रम (न्यानो) अनुसार मनतातो पानीमा कागतीको रस मिसाएर खाँदा शरिरका विकार जाने गर्छ ।
पीडाको अवस्थामा
शारीरिक पीडा जस्तै टाउको दुख्ने, वान्ता आउने समस्या छ भने चिसो भन्दा तातो पानी नै उपयुक्त हुन्छ । तातो पानीले शरिरका तन्तुहरुसम्म रगतको प्रवाहलाई प्रभावकारी ढंगले पुयाउन तातो पानी खानु शरिरका लागि फाइदाजनक हुन्छ । मासिक धर्मका समयमा मांशपेशी र पेट दुख्ने समयमा तातो पानी एक प्रकारको औषधी नै हो ।
पाचन सहज बनाउन
कब्जियत हुँदा मन तातो पानी खाँदा शरिरको विकार फाल्न सहयोग मिल्छ । कब्जियतको मुख्य कारक डिहाइड्रेसन हो । तसर्थ यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थ पिउनु पर्छ । तातो पानीले रक्त प्रबाहलाई सशक्त बनाउँछ । चिसो भन्दा तातो पानीले आन्द्रालाई पनि सहज र शान्त बनाउँछ ।
करिब २ हजार बर्षअघि परम्परागत चिनियाँ चिकित्सकहरुले चिसो पानी नपिउन भनि सल्लाह दिन्थे । चिसो पानीबाट संक्रमण र कमजोर बनाउने उनीहरुको धारणा रहेको थियो । तातो पानीले आन्तरिक अंगको रक्षा र स्वस्थ रक्त प्रबाह प्रणालीलाई सहज बनाउछ । त्यही भएर आर्युबेदले पनि चिसो भन्दा तातो पानीलाई नै महत्व दिएको हो ।
अन्य अवस्थामा
माथि उल्लेख गरिएको अवस्थामा बाहेक सामान्य तया कोठाको तापक्रम अनुसार पानी पिउनु पर्छ । गर्मी दिनमा चिसो पानी पिउनुहोस् । चिसो बिहानीमा तातो पानी रोज्नुहोस् । यो वातावरण र मौसमको छनौट पनि हो ।
(हेल्थ एन्ड नेचुरलवल्ड डट कमबाट)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०