मकवानपुरको मनहरी गाउँपालिकामा जानकी लामाको जित सुनिश्चित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार १५:३१

मकवानपुर १५ चैत्र  । देश भर स्थानिय चुनाबको माहोल बने संगै सबै ठाउँमा सबै राजनीतिक दलहरुले उम्मेदवार घोषणा गर्ने र चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको छ । त्यस्तै ४ क्षेत्र रहेको मकवानपुर जिल्लामा ३ वटा गाउँ पालिका छन् भने मनहरी गाउँ पालिका प्रमुखमा नेपाली कांग्रेसबाट नबराज उप्रेति, भरत पराजुली, शंकर न्यौपाने र ठाकुर तितुङ् मध्येबाट उम्मेद्वारी घोषणा हुने चर्चामा छ । यधपी तामांङ्ग जातिको बाहुल्य रहेको मकवानपुर जिल्लामा २०४७ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय र अनबरत संगर्षशिल महिला तामाङ् जनजाति भएकै कारण उक्त पालिका प्रमुखको उम्मेदवारीमा जानकी लामाको नाम पनि उतिकै चर्चामा छ । लामा मकवानपुर् ४ न. क्षेत्रबाट दुइ चोटी महादिबेशन प्रतिनिधि भइसकेकी र कांग्रेसका विभिन्न संगठनमा संलग्न छिन । बिशेष श्रोतका अनुसार संगठनको हिसाबले कांग्रेस र एमालेको बिशेष प्रतिष्पर्धा रहेको उक्त गाउँ पालिकामा एमाओबादी र राप्रपाको संगठन न्यून रहेको र एमालेबाट गाउँ पालिका उपप्रमुखमा तामाङ् महिलाबाट उम्मेदवारी नदिने भएपछी कांग्रेसले लामालाई भित्रि रुपमा उम्मेद्वारी बनाउने तयारि गरेको र जित सुनिश्चित रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१