दिनमा दुइवटा केरा खादाका अचम्मका फाईदाहरु यस्तो छ :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०७:४१

काठमाडौं । केरा हामी सामान्यतया खान्छौ। हामीलाई थाहा नहुनसक्छ कि यो श्वासथ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो फल स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौश्टिक तत्वले भरिपूर्ण पनि हुन्छ। केरामा प्रोटिन , भिटामिन, खनिज , फाइबर , प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदी पाईन्छ। जस्को कारण दिनमा २ वटा केरा नियमित खानाले तपाईंलाई डाक्टरबाट सधैं टाढा राख्छ। साथै यो सर्बसुलव किन्न पाईन्छ,किन्न सकिने मुल्यमा।

अध्ययन अनुसार अमेरिकामा स्याउ तथा सुन्तला समग्र भन्दा बडि केरा बिक्री हुन्छ। यि हुन केरा नियमित खादाका फाईदाहरु :

१ मुटु पोल्ने समस्या बाट छुटकारा: केरा बिपरित अंलिय हुन्छ। एक कोसा केराले पनि छाती पेट पोल्ने समस्याबाट छुटकारा दिन्छ ।

२ उच्च रक्तचाप : केरामा सोडियमको मात्रा कम र पोटासियम को मात्रा ज्यादा हुन्छ। यो मुटुको लागि राम्रो मानिन्छ। यस्ले रक्त चाप काम गर्छ र heart attack तथा stroke बाट बचाउछ।

३ शक्तिबर्दक : केरा आफ्नो पौश्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। काम अघी १ वा २ वटा केरा खादा काम गर्ने जागर केही घण्टा को लागि बड्छ।

४ रक्तअल्पता : नियमित केरा खादा यस्मा पाइने iron ले हेमोग्लोबिन तथा राता रक्त कोस निर्माण मा सहयोग पुराउछ, रक्तअल्पता बाट बचाउछ।

५ अल्सर : पेटको अल्सर मा खाना बार्न पर्ने हुन्छ तर केरा खान सकिन्छ यस्को नरम सतह ले पेटको सतहमा lining बनाउछ र दुखाइ कम गर्छ।

६ डिप्रेसन : केरामा पाइने tryptophan जसलाई हाम्रो शरीरले serotonin मा परिवर्तन गर्छ। serotin एउटा neurotransmitter हो जसले आरम, खुशी र साकारात्मक सोच दिन्छ।

७ कब्जीयत : केरामा पाइने fiber ले bowel movements लाई नियमित गर्छ र कब्जीयत बाट छुटकारा मिल्छ।

८ तापक्रम : केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुस हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१