यस्तो छ अदुवाको फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०७:३३

काठमाडौं ।  अदुवामा पाइने जिंगीवारिन र विसावोलिन रासायनिक तत्वले मुटु एवं रक्तनलीमा जम्मा भएको बोसोयुक्त तत्वलाई (कोलेस्ट्रोल) पगाल्न मद्दत गर्छ ।अदुवाले रक्तसञ्चार क्रियालाई व्यवस्थित राख्छ ।उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिँगटा लाग्ने र खाद्य विषाक्तबाट हुने असर कम गराउन प्रभावकारी मानिएको छ ।

आयुर्वेद चिकित्सामा श्वासप्रश्वास एवं जोर्नीसम्बन्धी रोगमा प्रयोग गरिने औषधिका साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ ।अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक सेवन गर्दा जोर्नी, श्वासप्रश्वास एवं पाचन अंगको समस्या कम हुन्छ ।अदुवा मुटुरोगीले धेरै प्रयोग गर्नुहुँदैन । साथै, पित्तथैली एवं मिर्गाैलाको पत्थरी भएमा प्रयोग गर्ने सल्लाह दिइँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०