स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन उपलब्ध गराउने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०७:०६

काठमाडौँ ,१५ चैत्र । स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको खबर आजको कारोबारमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन करिब १४ करोड ४० लाख रुपैया सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१