ट्रम्प परिवारको बिरासत थाम्दैछिन इभान्का ट्रम्प,को हुन इभान्का ट्रम्प?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०७३, मंगलवार ०६:०४

अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पकी ३५ बर्षिय जेठी छोरी इभान्का मेरी ट्रम्पको व्हाईट हाउस स्थित चर्चित ‘वेस्ट विंग’ प्रबेशले अमेरिकि राजनिती तरंगित भएको छ। अमेरिकि इतिहासमा पहिलो पटक राष्ट्रपतीको बिबाहित छोरीले ‘प्रथम महिला’ ले झै व्हाइट हाउस स्थित चर्चित वेस्ट विंगमा सुरक्षा सहितको प्रबेश पाए पछी चर्चा  चुलिएको हो। इभान्कालाई व्हाइट हाउसको वेस्ट विंगमा कार्यालय दिइएको छ, उनी त्यही कार्यालयबाट आफ्ना पिता राष्ट्रपती डोनाल्ड ट्रम्पको दैनिक काममा सहयोग र सल्लाह दिने छिन। तर वेस्ट विंगमा काम गरे बापत उनले अन्य कुनै पारिश्रमिक भने पाउने छैनन।

राष्ट्रपती डोनाल्ड ट्रम्पको परिवार

डोनाल्ड ट्रम्पले सन १९७७ मा इवाना सँग पहिलो बिबाह गरेका थिए। जेठी श्रीमती इवानाबाट ट्रम्पका तीन सन्तान भए- डोनाल्ड ट्रम्प जूनियर, इभान्का ट्रम्प तथा एरिक ट्रम्प। दोस्रो श्रीमतीका रुपमा डोनाल्ड ट्रम्प ले सन १९९३ मा मार्ला मेपल्स सँग बिबाह गरेका थिए। २३ बर्षिया टिफानी ट्रम्प दोस्रो पत्नी बाट प्राप्त छोरी हुन। ट्रम्प र मेपल्स बिच सम्वन्ध बिच्छेद भए पछी टिफानी आफ्नी आमा सहित क्यालिफोर्नियामा बसोबास गर्दै आएकी छिन।

तेस्रो श्रीमतीका रुपमा मेलानिया ट्रम्प सँग सन २००५ मा डोनाल्ड ट्रम्पले बिबाह गरेका हुन। अमेरिका आउनु अगाडी पेरिस र मिलानमा मोडलका रुपमा मेलानियाले काम गरेकी थिईन। एघार बर्षिय बारोन ट्रम्प मेलानियाबाट प्राप्त कान्छो छोरा हुन। डोनाल्ड ट्रम्पका तीन पत्नीबाट दुई छोरी र तीन छोरा गरी पाँच जना छोरा छोरी र आठ जना नाति नातिनी छन।

को हुन इभान्का ट्रम्प?

इभान्का ट्रम्प एक अमेरिकी महिला व्यवसायी, पूर्व रियालिटी टीवी व्यक्तित्व, सोशलाइट, लेखक, फेशन मोडल तथा बर्तमान अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्प र पूर्ब मोडल तथा डोनाल्ड ट्रम्पकी जेठि श्रीमती इवाना ट्रम्पकी जेठि छोरी हुन। पूर्व मोडल तथा बर्तमान ट्रम्प संगठनको कार्यकारी उपाध्यक्षका रुपमा कार्यारत इभान्काको आफ्नो गहना र फेसनको ब्यबसाय पनि छ।

इभान्का ट्रम्पले रियल स्टेटका ब्यबसायी जेरेड कशनर सँग बिबाह गरेकी हुन्। इभान्काले सन २००९ मा जेरेडसँग बिबाह गर्नका लागी यहूदी धर्म स्वीकार गरेकी थिईन। इभान्का र जेरेड का तीन सन्तान छन। इभान्का आफ्नो धर्मका बारेमा सार्वजनिक रुपले चर्चा गर्न चाहन्नन र यसलाई ‘निजी कुरा’ बताउछीन।

 इभान्काका केहि तथ्यहरु: 

– इभान्का लाई एक महिला ब्यबसायी,लेखक र मोडलका रुपमा चिनिन्छ।

– यीनी डोनाल्ड ट्रम्प र उनकी पूर्ब मोडल पत्नी इवानाकी प्रथम छोरी हुन।

– पिता ट्रम्पको ब्यबसायमा इभान्काको पुरा सहभागिता छ।

– १९९७ मा इभान्का पहिलो पटक सेवन्टीन म्यागजिनको कवर पेजमा आएकी थिइन।

– इभान्काले मार्क बोउवर र थैरी मगलरको फैशन शो मा रर्याम्प वाक गरेकी थिइन।

– टमी हिलफिगर र सासोन जस्ता ब्रान्ड्का लागी इभान्काले बिज्ञापन गरेकी थिइन।

– इभान्काले सन १९९७ मा मिस टीन यूएसए प्रतियोगिता होस्ट गरेकी थिइन।

जसरि अमेरिकामा डोनाल्ड ट्रम्प लाई चिनिन्छ त्यही रुपमा छोरी इभान्काको उदय भएको छ। गूगलमा इभान्कालाई सर्च गर्ने को संख्या पिता ट्रम्प भन्दा बढी रहेको बताइन्छ।

इभान्काको पहिलो भाषण पिता प्रतिको धारणा

इभान्काले २१ नोभेम्बर २०१६ मा रिपब्लिकन पार्टीको राष्ट्रीय भेला (आरएनसि) मा आफ्ना पिता डोनाल्ड ट्रम्पका बारेमा पहिलो पटक भाषण गर्दै भनेकी थिइन  कि पिता डोनाल्ड ट्रम्प ‘प्रतिभाशालीहरुलाई महत्व दिन्छन् तथा  वास्तविक ज्ञान र कौशलशाली लाई पहिचान गरी प्रोत्साहन गर्दछन्।’ उनले आफ्नो भाषणमा पिता ट्रम्प रंग बादी र लिंगभेदमा तटस्थ भएको बताएकी  थिईन। आफ्ना पिताले सधै रोजगारीका लागी सबै भन्दा राम्रो ब्यक्तीको छनौट गर्ने गरेको समेत उक्त भाषणमा उल्लेख गरेकी थीईन।

इभान्का चेल्सी क्लिन्टन बिचको मित्रता

जसरि डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टन बिचको सम्बन्ध पानी बारा बार को स्थितीमा थियो, त्यसको बिपरित बिल क्लिन्टन र हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनसँग इभान्का ट्रम्पको समधुर सम्बन्ध रह्यो।

इभान्का र चेल्सी मिल्ने साथी हुन। चुनावका बेला इभान्काले भनेकी थिईन – ‘चेल्सी र आफु बिचको मित्रतामा कैले पनि राजनीति आएन, भविष्यमा पनि हाम्रो मित्रतामा राजनीति आउने छैन।’

डोनाल्ड ट्रम्पका दुबै छोराहरु पिताको ब्यबसायमा सङ्लग्न छन तर जेठी छोरी इभान्का नै ट्रम्पको ‘फेवरेट छोरी’ भएको बताईन्छ। ट्रम्प परिवारको ब्यबसायमा इभान्काको सबै भन्दा ठुलो प्रभाव रहेको अमेरिकी मिडिया भन्छन्। न्युयोर्क टाइम्सका अनुसार ट्रम्पका परिवारमा इभान्काको जति अधिकार ट्रम्पले आफ्नो कान्छी श्रीमती वा अन्य परिवारका सदस्यहरुलाई दिएका छैनन।

आफ्ना पिता भन्दा ठिक बिपरित स्वभावकि इभान्का अत्यन्त शालिन, शान्त, अनुशासित र मिलनसार भएको ठानिन्छ । उनका बिचारहरु सभ्य, भद्र र सहयोगी हुन्छन। उनले सामाजिक संजालमा लेखेका कुराहरु ज्ञानबर्दक र उपयोगी हुने गरेको सामाजिक सन्जालका अधिकान्स प्रयोगकर्ताहरु बताउछन।

राष्ट्रपतिय निर्बाचन ताकाको प्रचारका बेला ट्रम्प क्याम्पेन इभान्का बाट निर्देशित र नियन्त्रीत थियो। सामान्यतया, अमेरिकी राष्ट्रपति निर्बाचनमा उम्मेदवारका पती वा पत्नीले चुनावको प्रचारमा जुन भूमिका निर्बाह गर्ने गरेका थिए, ट्रम्पको निर्बाचनमा श्रीमती मिलानियाले गर्नु पर्ने भूमिका छोरी इभान्का ट्रम्पले निर्बाह गरेकी थिइन।

निर्बाचन ताका नै अधिकांस अमेरिकिहरुले अनुमान गरेका थिए की पिता ट्रम्प राष्ट्रपतिमा निर्बाचित भए भने छोरी इभान्का ट्रम्पले ‘बास्तबिक प्रथम महिला’का रुपमा आफुलाई प्रस्तुत गर्न सक्नेछिन । राजनितीका पण्डितहरु भन्छन ‘इभान्का ट्रम्प पिता डोनाल्ड ट्रम्पको चुनाव प्रचारका बेला अत्याधिक लोकप्रिय भइन र कान्छी आमा मेलानिया ट्रम्पलाई पछी पारीन।

अर्को तर्फ कान्छी श्रीमती मेलानिया ट्रम्पको राजनितिक ज्ञानको कमी र बिबादित छबीका कारण अमेरिकि बिच लोकप्रिय हुन सकिनन। रिपब्किकनको राष्ट्रीय भेलाको उद्द्घाटन समारोहमा मेलानिया ट्रम्पले गरेको भाषणलाई लिएर चर्को आलोचना भएको थियो।

मेलानियाले आफ्नो भाषणमा सन २००८ मा डेमोक्रेटिकको राष्ट्रीय भेलामा मिसाल ओबामाले गरेको भाषणलाई चोरी गरेको आरोप लागेको थियो।  यस प्रकार अमेरिकि राजनितीमा मेलेनिया ट्रम्पको कम अनुभव र बिबादित छवीले गर्दा राजनितिक नोक्सानी हुने ठहर गरी  ट्रम्पले आफ्नो उत्तराधिकारीका रुपमा ब्यबसायमा सफल भएकि बिस्वास प्राप्त जेठी छोरी इभान्का लाई राजनितीमा अगाडी ल्याएको हुन सक्ने बिज्ञहरु बताउछन।

ट्रम्प टावरको बागडोर आफ्नो हातमा लिएर एक सफल महिला ब्यबसायीका रुपमा स्थापित भएकी इभान्का ट्रम्पको व्हाईट हाउस प्रबेशले राजनितीमा के कस्तो उपलब्धी पाउने हो आगामी दिनले बताउने छ।

फोटो : गूगल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१