१० व्युटि टिप्स तपाईको स्वास्थ्य अनि सुन्दर छालाको लागि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७३, सोमबार ०६:२९

१. दैनिक कम्तीमा २-३ लीटर पानी पिउनुपर्छ, किनभने पानीको कमीले छाला रुखो हुन्छ ।

२. आफ्नो डाइटमा ताजा फलफूल, नरिवल पानी आदि सामेल गरौ । यसले पानीका साथै छालाका लागि भिटामिन्स पनि मिल्छ ।
३. अनुहार सफा राख्नका लागि सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गरौं ।
४. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनुहारमा मोश्चराइजर लगाउने ।
५. छालाको प्रकृति अनुसार फेसवास छनौट गरौ, जस्तो तैलिया छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामन्य छालको लागि प्राकृतिक पिएच फेसवास प्रयोग गरौं ।
६. घाममा निस्कनुअघि एसपिएफ २० युक्त सनस्त्रिन लगाउनुपर्छ ।
७. नियमित रुपले अनुहारलाई टोनिङ गरौ, यसका लागि नन अल्कोहोलिक टोनर प्रयोग गरौं ।
८. राती सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउन नभुलौ, यसले मृत्त कोशिकालाई हटाएर स्किनलाई नरम बनाउँछ ।
९. आफ्नो छालाको प्रकृति अनुसार सौन्दर्य प्रसाधन छनौट गरौ, मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गरौं ।
१०. नियमित रुपले व्यायम गरौ, यसले रक्त संचार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ ।

सावधान
– जंकफूडको सेवनबाट बचौं, नभए यसले डन्डिफोरको समस्या निम्त्याउँछ ।
– चर्को घाम वा एसीको सम्पर्कमा आउनुहुन्न, यसले छालालाई प्रभावित तुल्याउँछ ।
– छालालाई रगड्ने भुल नगरौं ।
अचानक डाइटिङ सुरु नगरौ, यसले तपाईको छालामा नकारात्मक असर पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०