मेवाको बियाँमा मह मिसाएर खाँदा ७ फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७३, सोमबार ०५:४५

एजेन्सी   । प्राकृतिक औषधीको फाइदा र त्यसले स्वास्थ्यलाई पुर्याउने लाभ बुझेर आजकाल मानिसहरु प्रकृतिमा पाइने वस्तुप्रति आकर्षित हुन थालेका छन् । यसै सन्दर्भमा आज हामी तपाईंलाई एउटा यस्तो औषधीय गुणबारे जानकारी दिँदै छौं जसबारे हामीलाई पहिले थाहा  थिएन ।

हामीमध्ये धेरैले मेवा त खाएका नै छौं । मेवा खाँदा यसभित्र हुने बियाँ त पक्कै पनि फाल्ने गर्छौं । तर अब यो खबर पढेपछि सायद तपाईंले यो फाल्नुहुँदैन होला । मेवाको बियाँमा मह मिसाएर खाँदा यसले सात प्रकारले तपाईंको स्वास्थमा सकारात्मक असर पुर्याउँछ ।

प्रयोग गर्ने तरिकाः

एउटा ठूलो चम्चा मेवाको बियाँ लिनुहोस् र यसमा एक चम्चा मह मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर दैनिक बिहान खाली पेटमा यसको सेवन गर्नुहोस् ।

फाइदाः

१. तपाईंको सिस्टमलाई सफा राख्छः

मेवाको बिउ र महको मिश्रणमा थुप्रै शक्तिशाली एसिड र एन्टी अक्सिडेन्ट हुन्छन् जसले पेटमा र शरिरको अन्य अंगमा भएको विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ ।

२. पेटमा भएको किरा मर्दछः

यसमा एसिडको मात्रा अत्यधिक हुने भएकाले पेटको पाचन तन्त्रलाई प्रभावित गर्ने किरालाई मार्ने यो एक शानदार प्राकृतिक तरिका हो ।

३. तौल कम गराउन सहायकः

मेवाको बियाँ र महमा थुप्रै लिपिड र पोटासियम हुन्छ जसले पाचन क्रियालाई बढाउँछ । यसले तौल घटाउनमा सहयोगी भूमिका खेल्छ ।

४. मांसपेशी निर्माणमा मद्दतः

प्रोटिनको मात्रा अत्यधिक हुने भएको यो मिश्रण दैनिक सेवन गर्दा मांसपेशी निर्माणमा सहयोग गर्दछ र तपाईंलाई सेपमा रहन सहयोग गर्दछ ।

५. थकान भगाउँछः

यो मिश्रणमा ग्लूकोसिनालेट्स हुन्छ नसले थकानलाई टाढा राख्छ र शरिरको कोशिकालाई पोषण प्रदान गर्दछ ।

६. भाइरल र मौसमी ज्वारोसँड लड्न सहयोगीः

यो प्राकृतिक मिश्रणमा एन्टी–अक्सिडेन्ट भरपुर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमता बढाउँछ र इन्फेक्सन र भाइरलसँग लड्न सहयोगी भूमिका निर्वाह गर्दछ ।

७. पुरुषमा प्रजनन क्षमता बढाउँछः

मेवाको बियाँमा थुप्रै इन्जाइम हुन्छ जसले पुरुषमा शुक्राणुको वृद्धि गर्दछ र प्रजनन क्षमतामा वृद्धि गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१