गर्मी मौसमको तयारी यसरि गर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७३, आईतवार १८:११

गर्मी मौसमको शुरुवात भैसकेको छ । अब यी मौसममा दिनहरु लामो हुने, पसिना आउने र टाउको माथि चम्किलो घाम हुन्छ । गर्मीमा कपडाको छनौट ट्रेन्डलाई मात्र हेरेर पहिरनु हुँदैन । यस मौसमको लागि कपडा यस्तो छनौट गर्नु पर्छ, जो आरामदायक र ती कपडा लामो समय सम्म लगाउन मिल्ने हुनुपर्दछ । यदि तपाईले अझै सम्म गर्मी मौसमको तयारी गर्नु भएको छैन भने अब चिन्ता लिनु पर्ने आवश्यकता छैन । तपाई आफ्नो अलमारीमा यी पाँच चीज राख्न अति आवश्यक हुन्छ । यी चीज राख्नाले तपाई विभिन्न समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।

ठूला आकारको टि-शर्ट

तपाईको अलमारीमा केहि ठूला आकारका टि(शर्ट हुनु पर्ने हुन्छ । यी कपडाले गर्मी मौसममा निकै चिसो महसूस गराउने र आरामदायक हुने गर्छ । तपाई यसलाई जिन्स र शर्ट्सको साथ लगाउन सक्नु हुन्छ ।

हट प्यान्ट्स

गर्मीमा हट प्यान्ट्स तपाईको लागि धेरै नै कामको सावित हुन्छ । तपाई यसलाई कुनै पनि फंकी टि(शर्टको साथ वा ट्रेडिशनल टी(शर्टको साथमा लगाउन सक्नु हुन्छ । यो हेर्नमा निकै स्टाइलिश लाग्छ ।

स्कार्फ

बजारमा कटन स्कार्फ बिक्रि हुन् थालिसकेको छ । तपाई आफूलाई मन पर्ने कुनै पनि स्कार्फ छान्न सक्नु हुन्छ । कटनमा स्कार्फ गर्मीको लागि निकै आरामदायक मानिन्छ ।

सन(ग्लास

सन(ग्लसा गर्मीमा आँखाको हेरचाह गर्न अति आवश्यक हुन्छ । यसको लागि तपाई कुनै पनि स्टाइलिश सन्(ग्लास लिन सक्नु हुन्छ । सन्(ग्लास अनुहारको अनुसार हुनुपर्छ ।

कटनको मोजा

गर्मीमा धेरै मानिसले पसिनाको डरले मोजा लगाउने गर्दैनन् । जसको कारण तपाईको खुट्टामा टेनिङ्ग धेरै बढ्ने हुन्छ । तपाईले यस्तो अवस्थामा कटन मोजा लगाउनु पर्दछ । कटनको मोजाले पसिना सोस्न मद्दत गर्ने र यस किसिमको टेनिङ्ग बाट पनि बँच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०