प्रधानमन्त्री दाहालको के के छन बेइजिङमा कार्यक्रम ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७३, आईतवार १३:३४

काठमाडौं,१३ चैत्र  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ ।

नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस ९दियायुथाई० मा राखिएको छ ।

‘वान बेल्ट वान रोड’ मा साझेदारीको प्रतिबद्धता
प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत लीलामणि पौड्यालले साँझ ६ः४० मा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको साझेदारीको प्रतिबद्धता गरे । उनले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्नसमेत आग्रह गरे । रात्रिभोजमा चिनियाँ उच्च अधिकारी, पूर्वराजदूत, नेपाली समुदायलगायत सहभागी रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङसँग अपराह्न सवा ५ बजे भेटवार्ता गर्ने तय भएको छ । उनले आइतबार बिहान ब्रेकफास्टपछि फोनिक्स टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि ग्रेटवालको भ्रमण गर्नेछन् । त्यहाँबाट गेस्ट हाउस फर्केपछि प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका तर्फबाट दिवाभोज दिइने कार्यक्रम छ । अपराह्न २ देखि ४ बजेसम्म प्रधानमन्त्री बेइजिङ फरेन स्टडी युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनेछन् भने नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री सेनो प्यागोडा मन्दिरको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट स्टेट गेस्ट हाउसमै रात्रिभोज आयोजना गरिनेछ ।

सोमबार प्रधानमन्त्रीले दिवाभोजपछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि उनी बिहान नमस्ते नेपाल नामक बिजनेस राउन्ड टेबलमा सहभागी हुनेछन् । राष्ट्रपति सीसँग भेटवार्तापछि सिजिटिएन टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रचण्ड छेन्दुका लागि प्रस्थान गर्नेछन् । चाइना एयरको उडान नम्बर ४४१० बाट सोमबार राति १० बजे प्रधानमन्त्रीको टोली छेन्दु पुग्नेछ ।

प्रचण्डले ल्हासाको भ्रमण गर्ने
प्रधानमन्त्रीको टोली मंगलबार बिहान ११ बजे उडान नम्बर ९८०३ बाट ल्हासा आउनेछ । ल्हासामा महावाणिज्य दूतावासद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले पोताला दरबार, झोखाङ मन्दिर र बारखोर स्ट्रिट भ्रमण गर्नेछन् । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत हेर्ने नेतासँग भेटवार्ता गर्नेछन् भने तिब्बत सरकारले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । बुधबार प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट चाइना एयरको सिए ४०७ नम्बरको उडानबाट काठमाडौं आउनेछन् ।

बोआओ सम्मेलनमा प्रधानमन्त्रीले के भने रु
बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई थप समृद्ध बनाउन समावेशी विश्वव्यापीकरणमा जोड दिएका छन् । उनले नेपालमा लगानीका लागि एसियाली लगानीकर्तालाई आह्वानसमेत गरे । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापार स् एसियाली दृष्टिकोण’ विषयमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले भूमण्डलीकरणको एसियाली ढाँचामा समावेशीकरण हुनुपर्नेमा जोड दिए । उनले भूमण्डलीकरणबाट अल्पविकसित मुलुक पनि उत्तिकै लाभान्वित हुनुपर्ने उल्लेख गरे । ‘नेपालले उल्लेख्य राजनीतिक उपलब्धि हासिल गरेको छ र अहिले आर्थिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘द्रुत आर्थिक समृद्धि र विकास हाम्रो यो वेलाको प्राथमिकता हो ।’ उनले नेपालमा लगानीका प्रशस्त क्षेत्र र नयाँ अवसर रहेको भन्दै लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्योगीलाई आह्वान गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१