मीनबहादुर शेरचन ८६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७३, आईतवार ०६:१७

विश्वशान्तीको कामना गर्दै म्याग्दीका मीनबहादुर शेरचन ८६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने भएका छन् । सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी विश्व किर्तिमान राख्नुभएका शेरचन अहिले ८६ वर्षको उमेरमा फेरी सगरमाथा आरोहण गर्न लागेका हुन् ।

पुर्व बेलायती सैनिक शेरचनले पृथ्विको रक्षा, विश्व मानवको कल्याण र विश्वशान्तीको कामनाका लागी सगरमाथा आरोहण गर्न लागेको बताए । बैशाख १ गते काठमाडौबाट लुक्ला पुगेर वैशाखको अन्तिमसाता सगरमाथाको आरोहण शुरु गर्न लाग्नुभएका शेरचनलाई थकाली सेवा समाज पोखराले आर्थिक सहयोग सहित सम्मान गरेको छ । छ जना गाईड लिएर जान लागेका शेरचनलाई आरोहणका लागि एक करोड रुपैयाँ भन्दा वढि खर्चलाग्ने छ ।

जसका लागि म्याग्दी नेपाली प्रवासी संघ, वेलायत गैर आवासिय नेपाली संघ, वेलायत थकाली तथा मगर संघ लगायत विभिन्न संघ संस्थाले आर्थिक सहयोग जुटाउने संयोजक जितवहादुर घर्तिमगरले जानकारी दिए । सन् २०१५ मा सगरमाथा आरोहणका लागि निस्केका शेरचन भुकम्पका कारण आधार शिविरबाट फर्किएका थिए । शेरचनको सगरमाथाको आरोहण पछि जापानी नागरीक ईचुरा म्युराले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथाको आरोहण गरेको किर्तिमानी तोडीनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१