गोंगुबको चोकस्थित एक होटलमा आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७३, आईतवार ०५:४२

काठमाडौं,१३ चैत्र  । काठमाडौंको गोंगुबको चोकस्थित एक होटलमा आगलागी भएको छ । पाथिभरा रोधीघर रहेको गेष्ट हाउस भवनमा आगलागी भएको हो ।

गोंगबुको बसपार्कको गेटअघि श्रेष्ठ बेकरी रहेको भवनको पहिलो र दोस्रो तल्लामा भीषण आगलागी भएको हो । आगो भुइँ तल्लाकै श्रेष्ठ बेकरी सपबाट सल्किएको प्रहरीको अनुमान छ । आगोबाट बेकरी सपका समानहरु जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ ।

आगलागीबाट सो भवनमा रहेको एक जुत्ता पसलमा पनि क्षति पुगेको छ भने एउटा बुक सप ट्राभल एजेन्सीमा पनि सामान्य क्षति पुगेको छ ।

पाथिभरा रोधीघरमा पनि समान्य क्षति पुगेको प्रहरीले बताएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको साथमा काठमाडौं महानगरपालिकाको दमकल पनि परिचालन भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिको विवरणा भने संकलन गर्न बाँकी छ । आगलागीबाट लाखौंको क्षति पुगेको अनुमान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१