बिनपाको मेयरमा युवाले मागे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७३, शनिबार ०८:३६

नुवाकोट । जिल्लाको बिदुर नगरपालिको मेयर पदमा युवाहरुबाट मछिन्द्र नरसिंह प्याकुरेलले उमेद्ध्वारी दिने भएका छन । लामो समय नेपाल बिद्यार्थी संघमा रहेर राजनिति गरेका स्वतन्त्र बिद्यार्थी युनियन त्रिभुबन त्रिशुली बहुमुखी क्याम्पसमा पुर्ब सचिब भैसकेका छन उनि । उनले लामो समय निजामति सेवामा रहेर पनि काम गरेका छन । मछिन्द्रको पारिवारीक पृष्ठमुभी अनुसार उनि राजनितिक व्यक्तित्व हुन । उनि प्राय नुवाकोट जिल्लाको अधिकांश ठाँउको बारेमा ज्ञात राख्नेमा पर्छन । पुनसंरचना आयोगले तयार पारेको बिदुर नगरपालिका अन्तगर्तका स्थायी बासिन्दा उनि कार्यकर्तामाझ नरम धारका भनेर चिनिन्छन । पार्टीले जिम्मेवारी दिँदा जुनसुकै भुमिकामा पनि सन्तुष्ट हुने प्याकुरेल जिल्लाभर आफ्नो पहिचान छोड्न सफल व्यक्ति हुन । खासगरी कार्यकर्ता व्यवसायिक र सिर्जनशिल हुनुपर्छ भन्ने धारणा राख्ने उनि व्यवसायिक व्यक्तिहरुको हितका लागि समेत लड्दै आएका छन । आगामी निर्वाचनमा उनले आफ्नो उम्मेद्धारीको विषयमा खुलेर प्रकट नगरेपनि भित्रि इच्छा भने नगरपालिकाको मेयर नै हो भन्ने कार्यकर्ताहरु बताउछन । अहिले बिभिन्न ब्यत्तःीहरुले युवाअभियान भन्दै फेसबुकका भित्ताभरी मछिन्द्र नरसिंह प्याकुरेललाई सहयोग गर्दै भन्दै पोष्ट गरीरहेका छन । यद्यपी प्याकुरेलले भने यो कुराको खुलेर प्रचार भने गरेका छैनन् । उनि बिद्यार्थी राजनितिबाट पार्टीको संगठनमा निरन्तर लाग्ने भनेर चिनिने उनि वाककलामा पोख्त छन । देशका हरेक भुगोल र सामाजिक अवस्था बुझेका आचार्य जिल्लामा पार्टीलाई अप्ठ्यारो परेको समयमा माहोल बनाउन सक्ने भनेर समेत चिनिन्छ । राजनितिक कोणबाट कार्यकर्तामा राम्रो छाप छोड्न सफल उनि पार्टीको साँगठनिक काममा दखल राख्नेमा पर्छन । नगरपालिकाको मेयरको दौडमा रहेका उनि पार्टीले टिकट दिए आफु पछि नहट्ने पक्षमा छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०