अध्यक्ष ढकाल र बंगलादेशकि सभामुख डा. शिरिन शर्मिन चौधरी बीच भेटबार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार १९:१९
काठमाडौं,११ चैत्र  । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल र  नेपाल  भ्रमणमा रहनु भएकि मित्र राष्ट्र बंगलादेश संसदका सभामुख डा. शिरिन शर्मिन चौधरी बीच  भेटबार्ता भएको छ । भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भयको ढकालका सहयोगी टिका बिकले बताय । अध्यक्ष ढकालले बंगलादेश र नेपालका धेरै चुनौतिहरु समान प्रकारका भयकोले मिलेर सामना गर्नु पर्ने बताउदै नेपाल शान्ति र बिकासको बाटोमा लम्कीराखेको छ भन्नु भयो । सभामुख चौधरीले नेपालको सफल शान्ति प्रकृया नमुना भयको भन्दै अन्य देशहरुको लागि उदाहरणीय अनुभब हुने बिश्वाश ब्यक्त गर्नु भयो । सांसद समेत रहेका ढकालले इन्टरनेशलन अशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) को अन्तराष्ट्रिय मंच हरुमा बंगलादेश संसदका सांसदहरुको सक्रिय सहभागीता रहेकोमा सभामुख चौधरीलाइ धन्यवाद ज्ञापन गर्नु भयो । सभामुख चौधरीले बंगलादेश विश्व शान्ति र भातृत्वको खातिर स्थापित हरेक अन्तराष्ट्रिय मंचहरुमा बंगलादेशको सहभागिता र सहयोग रहने बताउनु भयो । सांसद ढकाल एसियाको अध्यक्ष रहनुभयको आइएपिपि विश्वभरिका सांसदहरुको संगठन हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१