सुमित्रा दंगालको नेतृत्वमा एमालेको टोल कमिटी गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार १७:००

नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा सुमित्रा रिजाल दंगालको नेतृत्वमा टोल सकृय दल गठन गरेको छ । छिमेकी पार्टी प्यालेसमा भएको भेलाले दंगालको नेतृत्वमा सर्वसम्मत कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा राजेन्द्र भट्टराई, सचिबमा यमप्रसाद धिमाल,उप(सचिबमा केदार प्रसाद लामिछने र सदश्यहरुमा ऐन पाठक,बिष्णु दंगाल,पार्वती खतिवडा,बिनोद अधिकारी,मन्दिरा केसी,तिर्थमाया तामाङ,ज्ञानेन्द्र खतिवडा,बिनोद चौलागाईं,बिष्णु खतिवडा,कान्छा नेपाली र जिवन सुनामलाई चयन गरेको हो । टोल सकृय दलका पदाधिकारीलाई एमाले नेता पुण्य प्रसाद चौलागाईंले सपथ गराएका थिए ।

टेक प्रसाद ढकालको अध्यक्षता र राजकुमार कार्कीको संचालनमा भएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल,एमाले गोकर्णेश्वर अध्यक्ष गोकुल बराल,एमाले जिल्ला प्रचार बिभाग सदस्य सुदर्शन बजगाईं,नगर सदस्य  सुवासराज गिरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०