लागू भयो अनलाइन निर्देशिका, ६० दिनभित्रै लाइसेन्स लिनुपर्ने अन्यथा सरकारले बन्द गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार १६:४७

काठमाडौं । हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले ६० दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ ।सरकारले अहिले ल्याएको निर्देशिकाअनुसार तोकिएको अधिकारीसमक्ष दर्ता भएपछि प्रत्येक वर्ष त्यसको नवीकरण गर्नुपर्ने हुन्छ। अखबारलाई बर्सेनि नवीकरण गर्नुपर्ने प्रावधान राखिएको छैन। सरकारले जारी गरेको ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका-२०७३’ चैत ७ गते राजपत्रमा प्रकाशित भएपछि लागू भएको हो । दर्ता नगरी अनलाइन पत्रिका चलाइएमा सरकारले बन्द गरिदिन सक्ने निर्देशिकामा व्यवस्था छ ।

‘अनलाइनले अति गरे’ भन्ने पृष्ठभूमिमा सरकारले निर्देशिका ल्याएको छ।

यो निर्देशिका राजपत्रमा प्रकाशित भएको ६० दिनभित्र सरकारी वा निजी सबै प्रकारका छापा वा विद्युतीय सञ्चारमाध्यमले अनलाइन सञ्चार माध्यममार्फत अनलाइन पत्रकारिता सञ्चालन गर्न चाहेमा सूचना विभागमा दर्ता हुन निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१