यात्री हुँ मको भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार १४:२०
काठमाडौं । लामो समयको प्रतिक्षा पछि गायक प्रितम लामाले आफ्नो नवौं गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सामाजिक र यथार्थपरक गीतहरु सिर्जना हुन छाडेको चर्चा चलिरहेको समयमा गायक  लामाले यात्री हुँ म बोलको गीत सार्वजनिक गरेका हुन् ।
डिपी खनालको शब्द रहेको गीतलाई शंकर थापाले संगीत दिएका छन् । गीतमा युवाहरुलाई साहस र धैर्य  राख्न प्रेरित गरिएको छ । आफूलाई युवा महसुश गर्ने र सक्रीय जीवन जिउने व्यक्तिले सँधै राम्रा मौकाहरु पाउने सन्देश भिडियोमा देखाउन खोजिएको छ ।
जस्ले युवावस्थाको सौन्दर्यता कायम राख्न सक्छ, उ सधैं युवा हुने सन्देश भिडियोले बोकेको छ । भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा ऋतु लामा देखा परेका छन् । लामाको यो गीत नवौं रेकर्डिङ गीत हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१