नेपालमै टाउको नभएको अनौठो बच्चा जन्मियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार ०६:५६

बैतडी, ११ चैत्र ।  बैतडीको मेलौली नगरपालिकाकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छिन् । मेलौली नगरपालिका–६ कि सुनीता पोख्रेलले टाउको नभएको बच्चा जन्माएको मेलौली नगरपालिकास्थित केशरपुर स्वास्थ्य केन्द्रका अनमी जानकी महतोले बताउनुभयो ।
पाख्रेलले सामान्य अवस्थामै टाउको नभएको घरमै बच्चा जन्माएको र बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव भएपछि अस्पताल आएको महतोले बताउनुभयो ।
पोख्रेलले स्वास्थ्य केन्द्रमा टाउको नभएको बच्चा जन्माएको र जन्मने बित्तिकै बच्चाको ज्यान गएको केशरपुर स्वास्थ्य केन्द्रका अनमी जानकी महतोले बताउनुभयो ।
पोख्रेल चार महिना अगाडि स्वास्थ्य केन्द्रमा चेक गराउन आउँदा नै आफूहरुले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर उपचार नगराएको केशरपुर स्वास्थ्य केन्द्रका अनमी महतोले बताउनुभयो ।
पोख्रेल गर्भवती भएको एक महिनामै श्रीमान कामको सिलसिलामा भारत गएकाले घरपरिवारले अस्पताल नलगेर घरमै झारफुक गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१