मन्त्रालय संख्या आधा घटाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार ०६:४२

काठमाडौँ,११ चैत्र ।  प्रदेश संरचनामा जाँदा केन्द्रमा मन्त्रालय संख्या आधा घटाउने तयारी भइरहेको छ । केन्द्र, प्रदेश र स्थानीय प्रशासन संरचनासम्बन्धी उच्चस्तरीय कार्यदल अन्तर्गत उपसमितिले केन्द्रका मन्त्रालय संख्या ब्यापक घटाउने गरी गृहकार्य गरेको हो ।

संविधान कार्यान्वयनका लागि आवश्यक तयारी गर्न मुख्य सचिवको संयोजकत्वमा रहेको उच्चस्तरीय कार्यदलले गृहकार्य गरिहेको छ । त्यसमध्ये प्रशासनिक संयन्त्रको उपसमितिमा छलफल भइरहेको हो । त्यसमा हाल भइरहेका २९ मध्ये विषयवस्तु, कार्यक्षेत्र मिल्ने मन्त्रालयहरु गाभ्ने विषयमा अध्ययन भएको हो ।

कार्यदलले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिलाई अन्तिम प्रतिवेदन बुझाउनेछ । यसअघि उच्चस्तरीय प्रशासन सुधार समितिले समेत हाल कायम मन्त्रालय संख्या आधा भन्दा कममा ल्याउन सुझाव दिइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१