नेपालमा शान्ति, प्रगति र विकास भएको चीनले देख्न चाहेको चिनियाँ रक्षामन्त्रीको भनाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार ०६:३५

काठमाडौं,११ चैत्र   । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै भेटमा चाङले नेपालमा शान्ति, प्रगति र विकास भएको चीनले देख्न चाहेको पनि स्पष्ट पारेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहन्छौँ,’ चिनियाँ रक्षामन्त्री चाङको भनाइ उद्धृत गर्दै रक्षा मन्त्रालयले भन्यो, ‘हामी नेपालीको हित चाहन्छौँ । साथै नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव छ ।’

तीनदिने औपचारिक भ्रमणमा बिहीबार नेपाल आएका चिनियाँ रक्षामन्त्री चाङले दुई देशको सम्बन्ध नङ र मासुजस्तो रहेको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा पनि सम्बन्धले राम्रो प्रभाव पारेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति प्रयास, विकास निर्माण र विपत् व्यवस्थापनमा नेपाली सेनाको भूमिका बढाउन आवश्यक सहयोग गर्नेसमेत रक्षामन्त्री चाङले आश्वासन दिएका छन् । नेपाल र नेपाली सेनालाई चीनले दिँदै आएको सहयोगमा निरन्तरता हुने पनि उनको भनाइ छ ।

एक चीनप्रति नेपाल दृढ स् प्रधानमन्त्री प्रचण्डले चिनियाँ रक्षामन्त्री चाङसँगको भेटमा एक चीन नीतिप्रति नेपाल दृढ रहेको र तिब्बत तथा ताइवानविरोधी गतिविधिलाई नेपालले सधैँ विरोध गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनाको साझेदार बन्न नेपाल इच्छुक रहेको धारणा राखेका पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको छ र यो रहन्छ ।’ सचिवालयका अनुसार प्रधानमन्त्रीले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति सन्तोष व्यक्त गरेका थिए ।

रक्षामन्त्री जनरल चाङले प्रधानमन्त्रीलई चीन भ्रमणको सफलताको कामनासमेत गरेका छन् । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता र वान बेल्ट वान रोडमा सहभागिताका लागि देखाएको रुचिको सराहना गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१