चीन प्रस्थान गर्नु अघि प्रचण्डले मधेशी मोर्चासहित प्रमुख दलको बैठक किन राखे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार ०६:२९

काठमाडौँ, ११  चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटी प्रदेशको सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर छलफल भएको थियो । प्रधानमन्त्री दाहालले छिमेकीलाई दलबीच सहमति भएको सकारात्मक सन्देश सुनाउन चाहेको कुरा पनि बैठकमा राख्नुभएकामा प्रतिपक्षले यसलाई थप छलफलको आवश्यकता औँल्याएको थियो ।

पहिलो चरणमा यादवसँग छुट्टै छलफल गर्नुभएका प्रधानमन्त्रीले दोस्रो चरणमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष वामदेव गौतम तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको थियो । दोस्रो चरणको छलफलपछि नेता गौतमले प्रधानमन्त्रीले सीमाङ्कनबाहेक अरू विषयमा सहमति गरौँ भनेर प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१