व्यापारी अपहरणमा प्रेमिकाको प्रयोग ,फिरौती पाएपछी पोल खुल्ने डरले प्रेमीले नै गरे हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७३, बिहीबार १७:४०

काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् ।

पक्राउ पर्नेमा २४ बर्षीय किशोर गिरी र २७ बर्षीय सरोज घोरासैने रहेका छन्। प्रमुख योजनाकार २८ बर्षीय प्रकाश लामिछाने भने फरार रहेको प्रहरीले जनाएको छ।

अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर लामिछाने फरार भएका छन् । व्यवसायी श्यामसुन्दर अग्रवाललाई फागुन ५ गते अपहरण गरी फिरौती लिएपछि प्रेमी प्रकाशसहित तिनैजना अपहरणकारीको समूहले प्रेमिका २५ बर्षीया राधिका श्रेष्ठलाई भक्तपुरको बागेश्वरी गाविसस्थित मुहानपोखरीमा हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ।
प्रकाशको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन् । सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो । होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे । त्यही मौकामा लामिछानेको समूहले अपहरण गर्‍यो । राधिका व्यवसायी अग्रवालको स्टाफ हुन्।
प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन् । केहीबेरमा किशोर र सरोज पनि पुगे । तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो ।

प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए । कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि घाँटी थिचेर राधिकाको हत्या गरे । लगतै यो समूहले राधिकाको शव बोरामा प्याक गरेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर पुर्‍यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०