देशले मागेको खण्डमा अझै पनि रगत बगाउन तयार छु : बर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार १६:२१

काठमाडौंको । काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा २० जना घाइते भए ।

झडपमा परी पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, सयन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौला,ऋषि देवकोटा, सरस्वती केसी, कोमल ओली, निरञ्जन थापा, सावित्री थापा, मीना जोशी, सिर्जना रानी बर्मालगायतका दर्जनौ कार्यकर्ता घाइते भए । घाइते मध्ये कतिपय अझै पनि अस्पतालमा नै छन ।

प्रहरी संगको झडपमा गम्भीर घाइते भएकी राप्रपाकी महिला नेतृ पूर्व केन्द्रीय सृजना रानी बर्माको टाउकोमा दस टाँका लगाईएको ओम अस्पतालले जानकारी दिएको छ । बर्मा दुइ दशक भन्दा लामो समय देखि राप्रपामा क्रियासिल छिन । जुझारु,स्पष्टवक्ता बर्माले पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई लक्षित गरिएको लाठी जोगाउन खोज्दा स्वयमको टाउको बजारिन पुगेको प्रत्यक्षदर्शिहरु बताउछन ।

जुझारु,स्पष्टवक्ता बर्मा संग हामीले बुझ्न खोज्दा उनले हिन्दु राष्ट्र कायम गर्नका लागि आफु ज्यानै समेत सम्म दिन तयार रहेको बताईन । उनले आफु समग्र नेपाल राष्ट्रको हितको लागि फेरी फेरी पनि परिआएको खण्डमा रगत बगाउन तयार भएको पनि जानकारी दिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१