सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिकाहरु :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार १४:३८

सेक्स प्राकृतिक विषय हो । यौनसम्पर्कमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौनसम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरका बीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुका बीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन ।  सेक्स विशेषज्ञका अनुसार यदि तपाईं यौन सम्पर्कमा चरम आनन्द हासिल गर्न चाहनुहुन्छ भने यी  तरिकाको अवलम्बन गर्नुपर्छ ।

इच्छा

सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

उत्तेजना

यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्दि्रयहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजना अनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।

समर्पण

जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।

अनुभूति

यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग अनुभूति बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै-यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१