हाई ब्लडप्रेसरले निम्त्याउने खतरा नियन्त्रणका उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार १४:३०

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ

खतरा
हाई ब्लडप्रेसरले आँखा र मिर्गौलामा खराबी ल्याउन भूमिका खेल्छ ।

मुटु र मस्तिष्कमा असर गरी हृदयाघात र पक्षाघात गराउनेसम्मको खतरा निम्त्याउँछ ।

ब्लडप्रेसर हाई हुनेलाई गोडा सुन्निने समस्या हुन सक्छ ।

हाई ब्लडप्रेसरले मुटका मांसपेशी मार्ने, भल्ब बन्द गर्ने, छाती भारी हुने तथा दुख्नेजस्ता समस्या देखाउँछ ।

हाई ब्लडप्रेसरले मुटुमा असर गर्दै गरेको सुरुवाती अवस्थामा चक्कर लाग्ने, आँखामा कालो पर्दा लागेजस्तो हुने, एक्कासि ढल्ने, बेहोस हुने र तत्कालै होस खुल्नेजस्ता लक्षण देखाउँछ ।

हाई ब्लडप्रेसरकै कारण अकस्मात मान्छेको ज्यान जाने खतरा पनि रहन्छ ।

नियन्त्रण
नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने ।

धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

मोटोपन घटाउने ।

दैनिक आधादेखि एक घन्टासम्म पसिना निस्किने गरी हिँड्ने, दौडिने या
जगिङ गर्ने ।

गहुँ, मकै, कोदो, फापर, गेडागुडीजस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने ।

गाजर, मूला, बन्दा, काँक्रो, गोलभेँडालगायत मिसाएको सलाद नियमित खाने ।

ध्यान, योगासन, प्राणायाम नियमित रूपमा गर्ने ।

रिस नियन्त्रित राख्ने तथा मानसिक उत्तेजनामा नआउने ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१