माइग्रेन हुनेलाई लाभदायक शशांकासन योगाभ्यास विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार १४:२७

दीपक नेपाल, योग प्रशिक्षक  ।

सामान्यतया टाउको दुखाइ अत्यधिक हुने अवस्थालाई माइग्रेन भएको हो कि भन्ने शंका हुन्छ । यस्तो समस्या नियमित नभई समय–समयमा मात्र हुने गर्छ । टाउकोको आधा भाग मात्र दुख्ने यस्तो पीडा दुई घन्टादेखि ७२ घन्टासम्म हुन सक्छ । टाउकोको एक भाग मात्र दुख्ने हुनाले धेरैले यो समस्यालाई पिनास पनि भन्ने गर्छन् । त्यस्तै, अनावश्यक तनाव धेरै हुँदा  पनि टाउको दुखाइ बढ्ने हुन्छ । जसलाई हामी तनावपूर्ण टाउको दुखाइ पनि भन्न सक्छौँ । समय–समयमा सहनै नसक्ने गरी टाउको दुख्ने कारण यस्ता हुन सक्छन्:

प्रकाश, हल्ला, धुवाँदार कोठा, तापक्रम परिवर्तन र कडा गन्धजस्ता कारणले टाउको दुख्न सक्छ । त्यस्तै, धेरै परिश्रम तथा अति थकानले पनि टाउको दुख्न सक्छ । समयमा खाना नखाँँदा भोकले पनि टाउको दुख्छ । शरीरमा पानीको कमी, अल्कोहल सेवन, महिलामा मासिक धर्म परिवर्तन, गर्भनिरोधक औषधिको सेवन र मासिक धर्म बन्द हुँदा पनि यस्तो समस्या देखिन्छ । यस्तो समस्या भएको अवस्थामा शशांकासन योगाभ्यास गर्दा लाभदायक हुन्छ ।

शशांकासन योगाभ्यास विधि

सबैभन्दा पहिले सजिलो आसन रोज्नुहोस् । योगाभ्यासमा आरामसँग बस्नुहोस् । ढाड, गर्धन सीधा गरेर, खुट्टालाई अगाडि फैलाइदिनुहोस् ।
त्यसपछि एक–एक गरेर खुट्टालाई दुवैतर्फ मोडेर बज्रासनमा बस्नुपर्छ ।
बज्रासनमा बसेपछि बिस्तारै श्वास लिएर दुवै हातलाई शिरमाथि लिएर जानुहोस् ।
अब श्वास छाड्दै शरीरलाई कम्मरबाट अगाडि झुकाउनुहोस् ।
त्यसपछि टाउकोलाई बिस्तारै जमिनमा बिसाउनुहोस् ।
हातलाई बिस्तारै अगाडि फैलाउनुहोस् । यो आसनमा तीनदेखि पाँच मिनेटसम्म बस्नुपर्छ । यो आरामदायी आसन भएकाले आराम हुँदासम्म रहन सकिन्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१