मौसम सफा हुन अझै केही दिन लाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार ०८:०९

काठमाडौं,९ चैत्र   । जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । गत साता पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावपछि मौसम चिसिँदै गएको हो ।

बुधबारदेखि पश्चिमी वायु कमजोर हुँदै जाने अनुमान गरिएको छ । तर, स्थानीय वायु मनसुन सुरु नहँुदासम्म निरन्तर रहने भएकाले हिमालीसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा गराउने सुवेदीले बताए । यस वर्ष छिटो प्रिमनसुन सुरु भएकाले गर्मी महसुस भएको छैन ।

जल तथा मौसम विज्ञान विभागले हिउँको मापन वर्षको एकपटक मात्र गर्ने गरेको छ । प्राविधिक हिसाबले कठिन हुने भएकाले वर्षको एकपटक मात्र हिसाब गरेर तथ्यांक निकाल्ने गरेको विभागका हाइड्रोलोजिस्ट सुरेश प्रधानले बताए । ‘गर्मी लागेपछि र मान्छे जान सक्ने भएपछि मेसिनबाट यति हिउँ परेछ भन्ने जानकारी पाउँछौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०