इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७३, बुधबार ०७:३३

विनोद भट्टराई सफ्टवेयर इन्जिनियर। कम्प्युटर, ट्याब्लेट, मोबाइल, ल्यापटपमा इन्टरनेट चलाउँदा जतिवेला पनि भाइरसले आक्रमण गर्न सक्छ । यस्ता डिभाइस भाइरसयुक्त भएमा त्यसको असर तुरुन्तै देखिने तथा दीर्घकालीन पनि हुन सक्छ । भाइरसले डिभाइसमा भएका व्यक्तिगत विवरणदेखि वित्तीय जानकारीसम्म पनि चोरी गर्न सक्छन् । जसले गर्दा ठूलै नोक्सानी पनि बेहोर्नुपर्ने हुन्छ । डिभाइसमा हुने यस्तो खतरायुक्त भाइरसबाट जोगिनका लागि सुरक्षित तरिकाले इन्टरनेट चलाउने बानीको विकास गर्नुपर्छ । त्यसका लागि इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानी यस्ता छन्ः
—सबैभन्दा पहिला आफूले व्यक्तिगत रूपमा चलाउने मोबाइल, ल्यापटप, कम्युटरजस्ता डिभाइस सुरक्षित राख्नुपर्छ । त्यसका लागि डिभाइसमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ । समय–समयमा अपडेट गर्नुपर्छ ।

—एन्टिभाइरसबाहेक पनि ब्राउजर र अपरेटिङ सिस्टमलाई पनि नियमित अपडेट गनुपर्छ । यति गरेमा धेरै समस्याबाट मुक्त भइन्छ ।

—इन्टरनेट चलाउँदा एकैपटक धेरै वेबसाइट ओपन गरिन्छ । त्यस्तो वेलामा कुनै वेबसाइटको लिंकमा शंका लागेको छ भने सो लिंकमा क्लिक गर्नु हुँदैन ।

—कुनै पनि लिंक क्लिक गर्नुभन्दा अगाडि आफ्नो आवश्यकताभित्र पर्छ कि पर्दैन, विचार पु¥याउनुपर्छ । कतिपय लिंक क्लिक गर्न विभिन्न प्रलोभन पनि देखाइरहेका हुन्छन् । त्यस्तो लिंक क्लिक गर्न भने बढी सावधान हुनुपर्छ ।

—शंकास्पद वेबसाइटको पहिचान गर्ने बानीको विकास गर्नुपर्छ । एउटा वेबसाइट ओपन गर्दा त्योसँगै अन्य वेबसाइट पनि विज्ञापनको स्वरूपमा आउन सक्छन् । त्यस्ता अन्य वेबसाइट ओपन नगर्नु नै बुद्धिमानी हुन्छ ।

—इमेल चलाउँदै गर्दा स्पाममा पहिचान नभएका व्यक्ति तथा संस्थाबाट आएको मेल ओपन गर्दै नगर्ने । चिनेकै व्यक्तिबाट आएको मेल पनि शंकास्पद लिंक तथा अट्याच गरिएका फाइलहरू खतरनाक हुन सक्छन् । त्यसैले विचार गरेर मात्र ओपन गर्नुपर्छ ।

—कम्प्युटरमा राखिने सफ्टवेयरहरू पनि विश्वासिलो र भरपर्दो स्रोतबाट डाउनलोड गर्नुपर्छ । सित्तैमा वा सस्तो मूल्यमा पाइयो भन्दैमा डाउनलोड गर्नु हुँदैन । मोबाइल पनि एन्ड्रोइड छ भने गुगलको स्टोर या अन्य भरपर्दो एपस्टोेरबाट मात्र डाउनलोड गर्नुपर्छ ।

—सामाजिक सञ्जालमा धेरै लिंक, गेम तथा एप आइरहेका हुन्छन् । त्यस्ता लिंकहरू विश्वासिलो स्रोतबाट आएको हो भने मात्र चलाउनुपर्छ । अन्यथा, त्यसले आफैँलाई समस्या पार्न सक्छ ।

—कम्प्युटरमा फायर वाल इन्स्टल गर्दा मात्र पनि ह्याकरबाट जोगिन सकिन्छ ।

—ब्राउजर सेटिङमा प्राइभेसी पोलिसी सेटिङ गर्ने विषयमा ध्यान दिनुपर्छ ।

आफ्नो सम्पूर्ण डिभाइसमा पासवर्ड बलियो राख्नुपर्छ । कतिपय चिनेकै व्यक्तिले पनि आफ्नो विवरण चोरी गर्न सक्छन् । सोबाट जोगिन पासवर्डले धेरै मद्दत गर्छ ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१