नितम्बमा गिलास अठ्याउने अनौठो च्यालेन्ज हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७३, सोमबार ०६:२५

सोसल मिडियाको अहिलेको युगमा इन्टरनेटमा बेलाबखतमा अनेकथरी कुरा भाइरल बनिरहेका हुन्छन् । गत वर्ष बरफ भरिएको बाल्टिन जिउमा खन्याउने आइस बकेट च्यालेन्ट इन्टरनेटमा खुबै भाइरल बनेको थियो । अहिले फेरि अर्को रोचक च्यालेन्ज चर्चामा छ । बट फ्लिप कम नामबाट इन्टरनेटमा भाइरल बनिरहेको यो च्यालेन्जमा ठूलो संख्यामा सोसल मिडिया प्रयोगकर्ताहरुले भाग लिइरहेका छन् ।

वास्तवमा यो च्यालेन्ज नयाँ होइन, यसले पुनरागमन गरेको हो । यसमा हातखुट्टाले टेकेर घोप्टो परेको अवस्थामा नितम्बमाथिको भागमा गिलास ठड्याइन्छ अनि नितम्ब तथा ढाड हल्लाएरै उक्त गिलास पल्टाएर घोप्टो पारेर पुनः अठ्याइन्छ ।
डेलीस्टारका अनुसार सन् २०१२ मा एक युवतीले यसै गरेर तयार गरेको भिडियो इन्टरनेटमा अपलोड गरेसँगै त्यो दशौँ लाखले हेरेका थिए । सोही भिडियोको सिको गर्दै अहिले त्यसलाई इन्टरनेट च्यालेन्जकै रुपमा सोसल मिडिया प्रयोगकर्ताले अघि बढाइरहेका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१